काठमाण्डु, १० मंसिर– एकीकृत माओवादीभित्र भारतीय प्रधानमन्त्री नदरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर तीव्र मतभेद देखिएको छ । सहमतिमै संविधान जारी गर्न नेपालको राजनीतिक नेतृत्वलाई मोदीले दिएको सुझावलाई कसरी बुझ्ने भन्नेमा नेताहरुबीच मत बाझिएको हो । एकथरिले मोदीको भनाइमा हस्तक्षेपको गन्ध देखेका छन् भने अर्काथरि...
खोटाङ, १० मंसिर– भैंसीले बाली खाएको निहुँमा छिमेकीलाई खुकुरी प्रहार गर्ने खोटाङकी एक महिला पक्राउ परेकी छन् । दोर्पा चिउरीडाँडा–२ की १६ वर्षीया यशोदा चौलागाईंलाई खुकुरी प्रहार गर्ने सोही स्थानकी ५० वर्षीया विष्णुकुमारी राई पक्राउ परेकी हुन् । भैंसीले बाली खाएको निहुँमा विवाद भएपछि...
काठमाण्डु, १० मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २००८ मा मुम्बईमा भएको आतंकवादी हमला सम्झेर आफूलाई असीम पीडा भइरहेका बताएका छन् । बुधबार काठमाण्डुमा भएको १८ औं सार्क शिखर सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मोदीले आतंकवादको अन्त्य गर्न सबै सार्क देशहरु मिल्न आग्रह गरेका हुन्...
काठमाण्डु, १० मंसिर– चीनलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ सदस्य बनाउनुपर्ने अन्य सदस्य राष्ट्रको प्रस्ताव भारतले अस्वीकार गरेको छ । सार्क सम्मेलनको पूर्वसन्ध्यामा मंगलबार काठमाण्डुमा भएको सार्क मन्त्रीस्तरीय बैठकमा चीनलाई सदस्यमा थप्न वा बढी अधिकार दिन प्रस्ताव आएको थियो । खास गरी जवाफमा...
रुकुम, १० मंसिर– सदरमुकाम खलंगा गाविस–९ सिस्नेखोला निवासी ५२ वर्षीय रामबहादुर खड्काको गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति खलंगा–९, राउखेत बजारमा गाडीले ठक्कर दिएपछि खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक होमबहादुर थापाले जानकारी दिए । रातिको समयमा...
सिन्धुपाल्चोक, १० मंसिर– सिन्धुपाल्चोक जिल्लाको नवलपुर गाविस–६ बस्ने १९ वर्षीया अनु नकर्मी मृत अवस्थामा फेला परेकी छिन् । यही मंसिर ६ गते घरबाट खेतमा जान्छु भनी निस्किएकी उनी आज बिहान आफ्नै नजिकैको कोदो बारीमा मृत अवस्थामा फेला परेकी हुन् । कोदो टिप्न जाने क्रममा...
काठमाण्डु, १० मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’को १८ औं शिखर बैठकले मन्त्रिपरिषद्को ३६ औं बैठकले पारित गरेको प्रतिवेदनलाई अनुमोदन गरेको छ । आज बिहान काठमाण्डुमा सुरु भएको शिखर सम्मेलनमा सदस्य राष्ट्रका परराष्ट्र/बाह्य मामिलामन्त्री सम्मिलित मन्त्रिपरिषद्ले पारित गरेको उक्त प्रतिवेदनलाई अनुमोदन गरिएको हो...
काठमाण्डु, १० मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सेनाको हेलिकोप्टर चढ्न अस्वीकार गरेका छन् । १८ औं सार्क शिखर सम्मेलनको बिहीबार धुलिखेलमा हुने रिट्रिटमा जान सरकारले नेपाली सेनाको सुपर पुमा हेलिकोप्टर व्यवस्था गरेको थियो । तर मोदीले आफू आउँदा दिल्लीबाटै ल्याएको विशेष विमानमार्फत धुलिखेल...
चितवन, १० मंसिर– चितवनको गीतानगर क्षेत्र आसपासमा महिना दिनदेखि आतंक मच्चाइरहेको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जले अझै नियन्त्रणमा लिन सकेको छैन । दुई हप्ताअघि बस्तीमा पसेर आतंक मच्चाएको चितुवा फेरि अहिले देवनगरलगायत बस्तीमा पसेको निकुञ्जले जनाएको छ । बस्तीमा पसेको चितुवा नियन्त्रणका लागि निकुञ्जले तीन...
काठमाण्डु, १० मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ मुलुकका राष्ट्र तथा सरकार प्रमुखले दक्षिण एसियाली क्षेत्रको भविष्य उज्ज्वल बनाउन सम्बद्ध मुलुक एकताबद्ध भएर विद्यमान साझा चुनौतीको सामना गर्नुपर्नेमा जोड दिएका छना् । सार्कको १८ औं सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनीहरूले सार्कका मुलकमा...
काठमाण्डु, १० मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मिडियाको प्रयोगमा माहिर नेता मानिन्छन् । सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन काठमाण्डु आएका मोदीले सम्मेलनको उद्घाटन मन्तव्यमा अहिलेको समयलाई ‘सोसल मिडियाको युग’ भएको चर्चा गरे । भाषण वा सिद्धान्तमा मात्रै उनले मिडियाको चर्चा गरेका होइनन्,...
काठमाण्डु, १० मंसिर– श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षले दक्षिण एसियाका जनताको समृद्धि र शान्तिपूर्ण दक्षिण एसिया निर्माणका लागि यस क्षेत्रका सरकार र जनताले सामूहिक रुपमा मिलेर काम गर्नुपर्ने बताएका छन् । आजदेखि सुरु भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ को १८औं शिखर सम्मेलनमा सम्बोधन...