चीनलाई सार्कमा ल्याउने पाकिस्तानको प्रस्ताव भारतद्वारा अस्वीकार

काठमाण्डु टुडे २०७१ मंसिर १० गते ९:४० मा प्रकाशित

modi-sarifकाठमाण्डु, १० मंसिर– चीनलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ सदस्य बनाउनुपर्ने अन्य सदस्य राष्ट्रको प्रस्ताव भारतले अस्वीकार गरेको छ ।

सार्क सम्मेलनको पूर्वसन्ध्यामा मंगलबार काठमाण्डुमा भएको सार्क मन्त्रीस्तरीय बैठकमा चीनलाई सदस्यमा थप्न वा बढी अधिकार दिन प्रस्ताव आएको थियो ।

खास गरी
जवाफमा भारतले उक्त विषयमा पाकिस्तानले बढी जोड दिएको थियो । तर भारतीय भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरउद्दिनले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेको भारतीय पत्रिका द हिन्दूस्तान टाइम्सले जनाएको छ । भारतीय प्रवक्ताले चीनलाई सदस्य बनाउने प्रस्तावको औचित्यहीन रहेको बताएको समाचारमा छ ।

‘सार्कमा अन्य मुलुक थप्नुभन्दा सदस्य राष्ट्रबीचमा विस्वास र सहकार्यको वातावरण बनाउनुपर्छ’, श्रोतको हवाला दिँदै प्रवक्ता सइदको भनाइ छापिएको छ । समाचारमा चीनले पछिल्लो समय ‘पर्यवेक्षक’ मा सीमित नगरी आफूलाई बढी भूमिका दिन दबाब दिँदै आएको दाबी समाचारमा गरिएको छ ।

नेपालका परराष्ट्र मामलाका जानकारहरुले समेत चीनलाई पर्यवेक्षकमा सिमिति गरिनु ‘अपमान’ भएको बताउँदै आएको उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us