
सिन्धुपाल्चोक, १० मंसिर– सिन्धुपाल्चोक जिल्लाको नवलपुर गाविस–६ बस्ने १९ वर्षीया अनु नकर्मी मृत अवस्थामा फेला परेकी छिन् । यही मंसिर ६ गते घरबाट खेतमा जान्छु भनी निस्किएकी उनी आज बिहान आफ्नै नजिकैको कोदो बारीमा मृत अवस्थामा फेला परेकी हुन् ।
कोदो टिप्न जाने क्रममा स्थानीयले नकर्मीलाई मृत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यलयमा खबर गरेका थिए । नकर्मीको हत्या भएको हो वा आत्महत्या हो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रह्लाद अधिकारीले बताए ।