समाचार

आजै फर्कदै मोदी, राजापाक्ष र घानी

२०७१ मंसिर ११ गते ६:२३

काठमाण्डु, ११ मंसिर– सार्क शिखर सम्मेलनमा भाग लिन आएका सात देशका सरकार/राष्ट्रप्रमुखमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकका राष्ट्रपति महिन्दा राजापाक्ष र अफगानिस्तानका राष्ट्रपति असरफ घानी आजै फर्कने कार्यक्रम रहेको छ । आजै बेलुका शीतलनिवासमा राष्ट्रपति डा. रामवरण यादवले आयोजना गरेको रात्रि भोजमा सरिक भएपछि...

अस्वस्थ भएकाले रिट्रिट गइनन् शेख

२०७१ मंसिर ११ गते ६:०४

काठमाण्डु, ११ मंसिर– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद अस्वस्थ भएका कारण होटेल सोल्टी मै आराम गरिरहेकी छिन् ।   रिट्रिटका लागि अन्य सार्क राष्ट्रका राष्ट्रप्रमुख/सरकारप्रमुख धुलिखेल पुगीसकेका छन् भने शेख भने धुलिखेल नगई होटलमै आराम गरिरहेकी छिन् । उनलाई के भएको हो भन्ने बारेमा...

सार्कको समापन सत्र सुरु

२०७१ मंसिर ११ गते ६:०१

काठमाण्डु, ११ मंसिर– सार्कको अठारौँ शिखर सम्मेलनको बन्दसत्र अपराह्न साढे चार बजेदेखि सुरु भएको छ । रिट्रिटका लागि आज बिहानै काभ्रेको धुलिखेल पुगेका सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरु फर्केपछि समापन समारोह सुरु भएको हो । बन्दसत्रको सुरुमै सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा गर्ने घोषणा...

सामुदायिक वनमा भेटियो बेवारिसे शव

२०७१ मंसिर ११ गते ५:३४

झापा, ११ मंसिर– झापाको शान्तिनगरस्थित पाँच पोखरी सामुदायिक वनमा बेवारिसे शव फेला परेको छ । शान्तिनगर–४ मा रहेको उक्त वन परिसरमा रूखमा झुन्डिएको अवस्थामा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार अन्दाजी ५०/५५ वर्षको कपाल छोटो काटेको, धर्के...

दुई करोड बढीको गाँजा नष्ट

२०७१ मंसिर ११ गते ५:०८

महोत्तरी, ११ मंसिर– प्रहरीले विगत एक महिनामा जिल्लामा अवैध रूपमा लगाइएको दुई करोडभन्दा बढी मूल्यको लागुऔषध गाँजा खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलयले चलाएको एकमहिने अभियानअन्तर्गत जिल्लाको विभिन्न गाउँमा लगाइएको सो मूल्य बराबरको गाँजा खेती नष्ट गरिएको जानकारी प्रहरी उपरीक्षक शौरभ राणाले...

सार्क सम्मेलनको बन्द सत्र ४ बजे सुरु हुने

२०७१ मंसिर ११ गते ५:०६

काठमाण्डु, ११ मंसिर– सार्कको अठारौँ शिखर सम्मेलनको बन्दसत्र आज अपराह्न ४ बजेदेखि सुरु हुने भएको छ । रिट्रिटका लागि आज बिहानै काभ्रेको धुलिखेल पुगेका सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरु अपराह्न मात्रै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । नेताहरु फर्केपछि मात्रै प्रधानमन्त्री सुशील कोइरालाले अपराह्न ४...

बाबुरामको छतमा तरकारी खेती

२०७१ मंसिर ११ गते ४:५७

काठमाण्डु, ११ कात्तिक– एमाओवादी नेता भट्टराई तरकारी खेतीमा लागेका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका बाबुरामले राजनीतिबाट वितृष्ण भएर वा व्यवसाय रुपमै खेतीपाती थालेका भने होइनन् । बाबुरामले ललितपुरको सानेपास्थित निवासको छतमा अर्गानिक तरकारी फलाएका छन् । के–के छन् तरकारी...

पर्वतका नब्बे प्रतिशत जनता खानेपानीको पहुँचमा

२०७१ मंसिर ११ गते ४:२८

पर्वत, ११ मंसिर– जिल्लाका ९० प्रतिशत जनतालाई खानेपानीको प्रत्यक्ष सुविधा पुगेको छ । जिल्लाको कुल जनसंख्यामध्ये आधारभूत खानेपानी सेवाको पहुँचबाट ९० दशमलब ४७ प्रतिशत बासिन्दा लाभान्वित बनेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतले जनाएको छ । त्यस्तैगरी जिल्लामा आधारभूत सरसफाइबाट शत्प्रतिशत बासिन्दा लाभान्वित बनेका...

‘रिट्रिट’का लागि सार्क पाहुनाको धुलिखेलमा जमघट

२०७१ मंसिर ११ गते ४:११

धुलिखेल, ११ मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘साक’को १८औं शिखर सम्मेलनमा सहभागी सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख ‘रिट्रिट’का लागि आज बिहान सोल्टी होटेलबाट पर्यटकीय नगर काभ्रेको धुलिखेलआइपुगेका छन् ।   राजधानी काठमाण्डुबाट ३० किलोमिटर पूर्व काभ्रेको धुलिखेल नगरपालिका–१ स्थित भट्टेडाँडामा रहेको द्वारिकाज होटेलमा विशिष्ट...

जापानको सहयोगमा विद्यालय भवन निर्माण

२०७१ मंसिर ११ गते ३:५७

पाल्पा, ११ मंसिर– जापानिज संस्थाको आर्थिक सहयोगमा पाल्पा जिल्लाको रामपुर नगरपालिका–१० आदर्शनगरस्थित आधारभूत माध्यमिक विद्यालयमा एककोठे भवन निर्माण  भएको छ । जापानिज संस्था आशाको दुई लाख रुपैयाँ सहयोग, विद्यालयको आन्तरिक स्रोत र  श्रमदान गरी तीन लाख सात हजारमा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक रुपनाथ...

कञ्चनपुरका स्वास्थ्य चौकीमा अत्यावश्यक औषधिको अभाव

२०७१ मंसिर ११ गते ३:३२

कञ्चनपुर, ११ मंसिर– पाँच महिनादेखि कञ्चनपुरका स्वास्थ्य चौकीमा अत्यावश्यक औषधिको आपूर्ति हुन सकेको छैन । दमका बिरामीका लागि प्रयोग हुने ‘साल्भुटामोल’, छालासम्बन्धी रोगका लागि प्रयोग हुने ‘ह्वाइटफिल्ट वइन्टपेन्ट’ र पेट दुखाइ कम गर्ने ‘हाइवसिन वुटाइल ब्रोकाइट’ औषधिको अभाव भएको हो । स्वास्थ्य चौकीलाई उपलब्ध...

६ राउन्ड गोलीसहित दुई पक्राउ

२०७१ मंसिर ११ गते ३:१६

वीरगन्ज, ११ मंसिर– प्रहरीले वीरगन्ज कारागारबाट ६ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । कारागारमा कैदी भेट्न आउने बारा पिप्राढी–५ की ३५ वर्षीया लाइची देवी र २६ वर्षीय अशोक साह कानुलाई प्रहरीले गोलीसहित पक्राउ गरेको हो । लाइची देवी चोरी मुद्दामा वीरगन्ज कारागारमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us