
वीरगन्ज, ११ मंसिर– प्रहरीले वीरगन्ज कारागारबाट ६ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । कारागारमा कैदी भेट्न आउने बारा पिप्राढी–५ की ३५ वर्षीया लाइची देवी र २६ वर्षीय अशोक साह कानुलाई प्रहरीले गोलीसहित पक्राउ गरेको हो ।
लाइची देवी चोरी मुद्दामा वीरगन्ज कारागारमा रहेका श्रीमान् रामएकवाल सहनीलाई भेट्न आएको बताएकी थिइन । श्रीमान्को ज्याकेट लिएर कारागार आएकी उनलाई सुरक्षाकर्मीले चेकजाँच गर्दा ज्याकेटको खल्तीमा ३०३ राइफल र एसएलआरको ६ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
गोलीसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । सहनी चोरी अभियोगमा वीरगन्ज कारगारमा जेल जीवन बिताइरहेका छन् ।