
काठमाण्डु, ११ मंसिर– सार्क शिखर सम्मेलनमा भाग लिन आएका सात देशका सरकार/राष्ट्रप्रमुखमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकका राष्ट्रपति महिन्दा राजापाक्ष र अफगानिस्तानका राष्ट्रपति असरफ घानी आजै फर्कने कार्यक्रम रहेको छ ।
आजै बेलुका शीतलनिवासमा राष्ट्रपति डा. रामवरण यादवले आयोजना गरेको रात्रि भोजमा सरिक भएपछि उनीहरु फर्कने कार्यक्रम रहेको छ ।
मोदी, राजापाक्ष र घानी अहिले अन्य सार्क राष्ट्रका राष्ट्र/सरकारप्रमुखसँग रिट्रिटमा धुलिखेमा छन् ।