मोरङ, १२ मसिर– जिल्ला वन कार्यालय मोरङले लाटीझोडा वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन सुरु गरेको छ । वन कार्यलयले पूर्वीउत्तरी क्षेत्रका पाँच गाविसलाई समेटेर साझेदारी वन व्यवस्थापनको काम सुरु गरेको कार्यालयका प्रमुख दीपक ज्ञवलीले जानकारी दिए । वन कार्यलयले मोरङको केराबारी, सुन्दरपुर र याङशिला...
काठमाण्डु, १२ मंसिर– १८ औं सार्क शिखर सम्मेलनका कारण तीन दिनयता स्थगित नेकपा–माओवादीको केन्द्रीय समिति बैठक आज पुन: बस्दैछ । ललितपुरको कुपण्डोलस्थित जनवर्गीय संगठनको कार्यालयमा मध्याह्नपछि बस्ने बैठकले केही महत्वपूर्ण सांगठनिक निर्णय लिने सम्भावना रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । श्रोतका अनुसार सम्बन्ध...
काठमाण्डु, १२ मंसिर– १८ औं सार्क सम्मेलनमा सहभागी हुन आएका राष्ट्र तथा सरकार प्रमुखमध्ये बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे आज स्वदेश फर्कंदै छन् । हसिना बिहान साढे १० बजे र तोब्गे साढे ११ बजे स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले...
झापा, १२ मंसिर– जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले दुई महिनामा १ सय ४६ जानको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा प्वाल पारेको छ । मादकपदार्थ सेवन गरी सवारी चलाउने क्रम नरोकिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गर्नेलाई निरुत्साहित गर्न सुरु गरेको अभियानका...
काठमाण्डु, १२ मंसिर– १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाण्डु आएका सदस्य राष्ट्रका सात सरकार तथा राष्ट्र प्रमुखमध्ये ५ जना गएराति नै स्वदेश फर्किए । फर्कनेमा श्रीलंकाली राष्ट्रपति महेन्दा राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयुम, अफगान राष्ट्रपति मोहम्मद असरफ घानी, भारतीय प्रधानमन्त्री...
सिरहा, ११ मंसिर– ए माओवादी नेतृ हिसिला यमीले आफ्ना पति बाबुराम भट्टराईलाई महात्मा गान्धीसँग तुलना गरेकी छन् । क्रान्तिकारी पत्रकार संघले लहानमा गरेको पत्रकार भेटघाटमा हिसिलाले बाबुरामको चरित्र, स्वभाव र व्यवहार गान्धीसँग मिल्ने दाबी गरिन् । एमाओवादी निर्माणमा बाबुरामको हत्वपूर्ण भूमिका रहेको भन्दै उनले...
काठमाण्डु, ११ मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) १८औंँ शिखर सम्मेलनको उद्घाटनसत्र झैंँ समापनसत्र पनि विविध रोचक प्रसङ्गका साथ सम्पन्न भएको छ । आकर्षक बनाइएको राष्ट्रिय सभागृहमा आठै सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको प्रवेश र बाहिरिएका दृश्य जति हेर्नलायक थियो, समयअनुसार त्यसलाई व्यवस्थापन र...
काठमाण्डु, ११ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू नेपालमा रहँदा सुन्दर हिमालको काखमा रमाउन पाउँदा आफू हर्षित भएको बताएका छन् । सार्क सम्मेलनको रिट्रिटका क्रममा बिहीबार धुलिखेलबाट उनले हिम श्रृंखला अवलोकन गरेका थिए । दुरबिनबाट हिमाल हेरेका मोदीले सोही तस्वीर सामाजिक सञ्जालमा राखेका छन्...
काठमाण्डु, ११ मंसिर– १८ औं सार्क शिखर सम्मेलन समापन समारोहमा सहभागी भएर सोल्टी होटल फर्कने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाडीबाट ओर्लिएर सर्वसाधारण नेपालीसँग हात मिलाएका छन् । नेपाली र भारतीय सुरक्षाकर्मीले रोक्दारोक्दै मोदीले कालिमाटी चोकमा गाडीबाट झरेर सर्वसाधरणसँग हात मिलाउनुका साथै गफगाफ समेत...
काठमाण्डु, ११ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न इन्कार गरेका छन् । सार्क सम्मेलनमा सहभागी हुन आएका बेला मोदीले भेट्ने भन्दै थापासहित राप्रपा नेपालका नेता हौसिएका थिए । बिहीबार दुईपटकसम्म मोदीको सचिवालयले भेटघाटका लागि समय तय गरे पनि मोदीले...
काठमाण्डु, ११ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सार्कको १८ औं शिखर सम्मेलन समापन समारोहमा हात मिलाउँदा राष्ट्रिय सभागृहमा तालीको गडगडाहट सुनियो । दक्षिण एशियाका दुई शक्तिशाली मुलुकको वैरभावले सार्क सम्मेलनको महत्व नै ओझेलमा परेको विश्लेषण गरिएकै बेला यी दुई...
बारा, ११ मंसिर– बाराको बपरीयापुरस्थित विश्व प्रसिद्ध पञ्चवर्षीय बली प्रदान गढीमाईमा भोलि बिहानदेखि माईको पूजा अर्चना गरी १० बजेदेखि पशुबली दिने कार्य सुरु बताइएको छ । गढीमाई मन्दिरदेखि करिब १०० मिटर पूर्व रहेको ब्रह्मस्थानमा माई आउने भएकाले पुजारीको घरबाट माईको पूजा सामग्री पञ्चबलीसहित ब्रह्मस्थलमा...