
काठमाण्डु, ११ मंसिर– १८ औं सार्क शिखर सम्मेलन समापन समारोहमा सहभागी भएर सोल्टी होटल फर्कने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाडीबाट ओर्लिएर सर्वसाधारण नेपालीसँग हात मिलाएका छन् ।
नेपाली र भारतीय सुरक्षाकर्मीले रोक्दारोक्दै मोदीले कालिमाटी चोकमा गाडीबाट झरेर सर्वसाधरणसँग हात मिलाउनुका साथै गफगाफ समेत गरे ।
चोकको दुवैतिर उभिएका सयौं सर्वसाधारणसँग उनले हात मिलाउन भ्याएका थिए ।
मोदीले हात मिलाइरहँदा सर्वसाधारणले उनको स्वागतमा गडगडाहत ताली बजाएका थिए । गत साउन अन्तिममा पहिलोपटक नेपाल भ्रमणमा आउँदा पनि मोदीले नयाँबानेश्वर चोकमा सर्वसाधारणसँग हात मिलाएका थिए ।
हात मिलाउने अधिकांश नेपालीले नेपालको विकासका लागि सहयोग गर्न आग्रह गरेका थिए ।