मोरङमा वैज्ञानिक वन व्यवस्थापन सुरु

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते ३:०१ मा प्रकाशित

मोरङ, १२ मसिर– जिल्ला वन कार्यालय मोरङले लाटीझोडा वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन सुरु गरेको छ । वन कार्यलयले पूर्वीउत्तरी क्षेत्रका पाँच गाविसलाई समेटेर साझेदारी वन व्यवस्थापनको काम सुरु गरेको कार्यालयका प्रमुख दीपक ज्ञवलीले जानकारी दिए ।

वन कार्यलयले मोरङको केराबारी, सुन्दरपुर र याङशिला गाविसमा पर्ने १ हजार ५ सय ६० हेक्टर जंगलमध्ये १ सय ९५ हेक्टर वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन अवधारणाअनुरुप रेखांकन गरेर काम सुरु गरेको हो ।

जिल्ला वन कार्यलयका प्राविधिक, कर्मचारी र साझेदारी वन व्यवस्थापन समितिसमेत मिलेर अग्निरेखा निर्माण कार्य थालिएको हो । चारकोसे झाडीको सबै क्षेत्रफलको जम्मा १० हजार हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन गर्न सकिने प्रमुख ज्ञवालीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us