समाचार

एचआइभी/एड्सबाट ११२ जनाको मृत्यु

२०७१ मंसिर १२ गते १०:०४

 भीमदत्तनगर, १२ मङ्सिर- कञ्चनपुरमा एचआइभी/एड्सबाट हालसम्म ११२ जनाको मृत्यु भएको छ । हालसम्म भेटिएका ४२६ सङ्क्रमितमध्ये ११२ जनाकोे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भारतमा मजदूरी गर्न जाने १९६ र उनीहरुका परिवारका १६५ जना सङ्क्रमित भेटिएका हुन् । एचआइभी सङ्क्रमित...

कञ्चनपुरमा बस दुर्घटना, एकको मृत्यु, १५ घाइते

२०७१ मंसिर १२ गते १०:०३

भीमदत्तनगर, १२ मंसिर– धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको पवनदूत यातायातको बस कञ्चनपुरको कृष्णपुर–२ लालझाडी क्षेत्रमा अाज दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । दुर्घटनामा परी दैजी गाविसका सुरेश थापाको मृत्यु भएको बताइएको छ । प्रहरीले दुर्घटनामा एक जनाको मृत्यु...

मोदीको भनाइ आन्तरिक मामलामा खुला हस्तक्षेपै हो : श्रेष्ठ

२०७१ मंसिर १२ गते ९:३७

काठमाण्डु, १२ मंसिर– एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सहमतिमै संविधान जारी गर्नुस्’ भन्नु आन्तरिक मामिलामा हस्तक्षेप नै भएको दोहोर्याएका छन् । शुक्रबार काठमाण्डु टुडेसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले सार्कको सन्दर्भमा नेपाल आएका बेलामा यहाँको आन्तरिक राजनीतिबारे बोल्नु...

नेपालमा लगानी गर्न सार्क–उद्यमीलाई प्रधानमन्त्रीको आग्रह

२०७१ मंसिर १२ गते ९:११

काठमाण्डु, १२ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले सार्कका उद्यमीहरुलाई नेपालमा लगानीको निम्ति आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सार्क चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री कोइरालाले नेपालमा लगानी अनुकूल वातावरण बनेको भन्दै निर्धक्क भएर लगानी गर्न अनुरोध गरेका हुन् ।...

विद्यालयको सहयोगका लागि एक करोड दान

२०७१ मंसिर १२ गते ८:२९

झापा, १२ मंसिर– झापा सुरुंगाको एक विद्यालयको सहयोगका लागि एक करोड रुपैंया चन्दा सहयोग प्राप्त भएको छ । झापाको शनिअर्जुन नगरपालिका–५ लक्ष्मीपुरस्थित लक्ष्मी माविका लागि चन्दा सहयोग र पुराण वाचनबाट एक करोडभन्दा बढी दान प्राप्त भएको विद्यालयले जनाएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि र...

हट्यो जोर-बिजोर प्रणाली

२०७१ मंसिर १२ गते ७:५२

काठमाण्डु, १२ मंसिर– सार्क सम्मेलनलाई केन्द्रित गरेर सरकारले सवारी साधनमा लगाएको जोर–बिजोर प्रणाली आजदेखि हटाएको छ । काठमाण्डु उपत्यकाभित्र विशिष्ट पाहुनाहरुको सुरक्षालाई ध्यान दिई लागू गरिएको जोर–बिजोर प्रणाली विशिष्ट पाहुनाहरु फर्केपछि हटाइएको हो । बिहीबार सम्मेलन समापन भएपछि सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु...

युवती बेच्न लैजाँदै गर्दा बाटैमा पक्राउ

२०७१ मंसिर १२ गते ७:२८

महोत्तरी, १२ मंसिर– एक युवतीलाई ललाइफकाई भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको नैन्ही गाविस–२ बस्ने २१ वर्षीय प्रदीप झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक शौरभ राणाले बताए । काठमाण्डु घर भएकी एक युवतीलाई झाले...

तोब्गे पनि स्वदेश फर्किए

२०७१ मंसिर १२ गते ७:१४

काठमाण्डु, १२ मंसिर– भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे आज स्वदेश फर्केका छन् । १८औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री तोब्गे भुटान फर्केका हुन् । डुक एयरको विमानमा फर्केका तोब्गे सबैभन्दा पछि स्वदेश फर्कने सार्क सरकार प्रमुख हुन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद...

शेख वाजेद स्वदेश प्रस्थान

२०७१ मंसिर १२ गते ६:२२

काठमाण्डु, १२ मंसिर– बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद आज बिहान स्वदेश प्रस्थान गरेकी छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ‘सार्क’को अठारौँ शिखर सम्मेलनमा भाग लिएर उनी आज फर्केकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री...

प्रचण्ड–बाबुरामलाई सराप्दै पूर्वलडाकु कमाण्डर विप्लवको ‘क्रान्ति’ मा

२०७१ मंसिर १२ गते ५:१३

काठमाण्डु, १२ मंसिर– धादिङको गजुरीस्थित सैनिक व्यारेकबाट हतियारसहित भागेर एकाएक चर्चामा आएका एक पूर्वमाओवादी लडाकु कमाण्डरले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई साथ दिने भएका छन् । विप्लवले मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरेको एक साता नबित्दै पूर्वलडाकुका बटालियन कमाण्डर प्रकाश खनाल ‘सैलेश’ ले विज्ञप्ति जारी गरेर...

विरोधबीच गढीमाइमा पशु बली दिइँदै

२०७१ मंसिर १२ गते ३:१६

बारा, १२ मंसिर– विरोध र विवादका बीच बाराको प्रसिद्ध गढीमाई बेलामा आजबाट पशुबली दिने क्रम सुरु हुँदैछ । गढीमाइमा नेपाललगायत भारतका विभिन्न स्थानबाट श्रद्धालुले भाकल गरी ल्याएका हजारौं बोका, राँगा, कुखुरालगायको बली दिने चलन छ । ५ हजार राँगा मार हान्न ४ सय जना...

दार्चुलामा भारी हिमपात

२०७१ मंसिर १२ गते ३:१५

दार्चुला, १२ मंसिर– माथिल्लो दार्चुलाका आधा दर्जन गाविसमा हिमपात हुन थालेपछि स्थानीयवासी बेसी झर्न थालेका छन् । व्यास, छाङरु घुसा, खण्डेश्वरी, राप्ला, सिप्टीलगायतका माथिल्ला भेग तथा कैलाशमान सरोवर पर्यटकीय तथा चीनको ताक्लाकोट क्षेत्र आसपासका गाविसमा बिहीबारदेखि परेको भारी हिमपातका कारण बढेको चिसोले जनजीवन कष्टकर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us