समाचार

देउवाद्धारा निर्वाचनपछि पनि वैद्यलाई संविधानसभामा ल्याउने बिकल्प प्रस्तुत

२०७० कार्तिक ११ गते १२:२६

डडेल्धुरा, ११ कात्तिक–नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचन पछि संविधान संशोधन गरेर भए पनि नेकपा–माओवादीलाई संविधानसभामा ल्याउने विकल्प खुला रहेको धारणा राखेका छन् । नेकपा–माओवादीसहितका दललाई संविधानसभा निर्वाचनमा ल्याउन आफूले अन्तिम समयसम्म प्रयास गरेको दावी गर्दै नेता देउवाले अब बन्ने संविधानसभाले असन्तुष्ट दलको...

उम्मेदवारलाई अस्वीकार गर्न पाउने-नपाउनेबारे निर्वाचन आयोगसँग जवाफ माग

२०७० कार्तिक ११ गते १२:११

काठमाण्डु, ११ कात्तिक– कसैलाई पनि भोट दिन्न भनि सबै उम्मेदवारलाई अस्वीकार गर्न पाउनुपर्ने मागसहित परेको ‘राइट टु रिजेक्ट’को रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोगलाई उपस्थित हुन आदेश दिएको छ । न्यायाधीस वैद्यनाथ उपाध्यायको एकल इजलासले राइट टु रिजेक्टको विकल्प राख्न सक्ने वा नसक्ने...

थप पाँच हिमालको पहिचान

२०७० कार्तिक ११ गते १२:०६

काठमाण्डु ११ कात्तिक–नेपालका आठ हजार मिटरभन्दा अग्ला थप पाँचवटा हिमालको पहिचान भएको छ ।  विश्व पर्वतारोहण महासङ्घ (युआइएए) को हालै स्विट्जरल्यान्डमा भएको बैठकमा ती हिमाललाई मान्यता दिई सूचीकृत गर्नका लागि नेपालबाट प्रस्ताव राखिएको महासङ्घका मानार्थ सदस्य एवम् नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङ छिरिङ...

ओलीले भने ‘निकासका लागि निर्वाचन’, श्रेष्ठले भने ‘विकासका लागि निर्वाचन’

२०७० कार्तिक ११ गते ११:५७

झापा, ११ कात्तिक– नेकपा (एमाले)का नेता केपी ओलीले मुलुकलाई अग्रगामी निकासका लागि निर्वाचन आवश्यक भएको उल्लेख गर्दै निर्वाचन देश र समयको माग भएको बताएका छन् । एमाले प्रचार–प्रसार कमिटीले सोमबार दमक–३ मा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ओलीले भने, ‘कुनै एउटा दल विशेषका निम्ति...

भीरबाट भ्यान खस्दा ८ को मृत्यु, ८ गम्भिर

२०७० कार्तिक ११ गते ११:३४

ताप्लेजुङ, ११ कात्तिक– पाँचथरको फिदिमबाट ताप्लेजुङतर्फ आउँदै गरेको पिक अप भ्यान भीरबाट खस्दा ८ जनाको ज्यान गएको छ । ८ जना गम्भिर घाइते भएका छन् । यात्रु बोकेर गन्त्व्यतर्फ जाँदै गर्दा मेची राजमार्गसिथ्र्त ताप्लेजुङ दोखु ६ मा पर्ने धुसेनी भीरबाट मे १ ज १४३६...

काँग्रेस सभापतिको गाडिमा आगजनी प्रयास,एमाले कार्यालयमा बम,नरहरीको गाडि पनि जल्यो

२०७० कार्तिक ११ गते ११:३१

काठमाण्डु, ११ कात्तिक–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको चुनाव प्रचारमा प्रयोग भएको गाडिमा अज्ञात समूहले आगजनीको प्रयास गरेको छ । बाँकेको नेपालगन्जस्थित पार्टी कार्यालय अगाडी रोकिराखेको भे १ च ९१७ नम्बरको गाडिमा अज्ञात समूहले पेट्रोल छर्किएर आगो लगाउन खोजेको थियो । तर, स्थानीय कार्यकर्ताको प्रतिकार...

मुसाका कारण मोबाइल अवरुद्ध भएको छानविन समितिको प्रतिवेदन

२०७० कार्तिक ११ गते १०:१८

काठमाण्डु, ११ कात्तिक– व्यवस्थापकीय त्रुटिका कारण मुसाले काटेर गत असोज १२ गते नेपाल टेलिकमको मोबाइल सेवा अचानक बन्द भएको बताइएको छ । नेपाल दूरसञ्चार संस्थानका पूर्व महाप्रबन्धक सुरेशकुमार पुडासैनीको संयोजकत्वमा गठित छानिव समितिले सुन्धारा र बबरमहलको बीचमा रहेको अप्टिकल फाइबर काटिन जाँदा सो घटना भएको...

निर्वाचन बिथोलिए प्रतिगमनः यादव

२०७० कार्तिक ११ गते ९:३०

विराटनगर, ११ कात्तिक । मधेसी जनअधिकार (फोरम) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन बिथोलिए मुलुक प्रतिगमनतर्फ उन्मुख हुने बताएका छन् । असन्तुष्ट नेकपा–माओवादीसहितका ३३ दल मुलुकको हितका लागि सहमतिमा आउनुपर्ने भन्दै प्रतिगमनतर्फ नलाग्न यादवले सुझाव समेत दिएका छन् । ‘मुलकमा स्थायी शान्ति, राजनीतिक स्थायित्व र...

रामचन्द्र कुशवाह एमालेबाट निश्कासित, हत्याका सबै मतियार माथि कानुनी कार्वाही गर्न आग्रह

२०७० कार्तिक ११ गते ८:३५

काठमाण्डु ११ कात्तिक–नेकपा एमालेले आफनो पार्टीका पूर्व सभासद रामचन्द्र कुशवाहा प्यासीलाई पार्टी र सम्बन्धित जनवर्गीय संगठनका कुनै पनि जिम्मेवारीबाट मुक्त गर्दै पार्टी सदस्यताबाट निष्काशन गरेको छ । प्यासीले एमाले केन्द्रीय सदस्य तथा बारा क्षेत्र नम्बर ४ बाट संबिधानसभा सदस्य निर्वाचनका उम्मेदवार मोहमुद आलम हत्यामा...

वैद्य माओवादीको आक्रमणबाट इलामका एमाओवादी उम्मेदवार रमेश लिङ्देनसहित ३ जना घाइते

२०७० कार्तिक ११ गते ८:२०

काठमाण्डु, ११ कात्तिक– नेकपा–माओवादीका कार्यकर्ताहरुको आक्रमणबाट एकीकृत नेकपा माओवादी इलाम क्षेत्रनम्बर २ का उम्मेदवार रमेश लिङ्देन सहित तीनजना घाइते भएका छन् । माओवादी कार्यकर्ताहरुले पाँचथर सारङडाँडाको दशमी बजारमा लिङ्देनमाथि आक्रमण गरेका हुन् । उनी रवीबजारमा पाँचथर र इलामको संयुक्त जनसभालाई सम्वोधन गरी फर्किदै थिए...

निर्वाचन सुरक्षामा खटिएका गाडीका चालक फरार

२०७० कार्तिक ११ गते ८:००

इलाम, ११ कात्तिक–निर्वाचन सुरक्षा अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीसमेतको सुरक्षा टोली लिएर फर्केको गाडीका चालक बाटैमा गाडी छाडेर फरार भएका छन् । इलामको क्षेत्र नं–२ मा प्रजिअ बाबुराम खतिवडा, कालीध्वज गणका गणपतिसमेतको टोली अनुगमनपछि फर्कनेक्रममा चालक गाडी अलपत्र छाडेर फरार भएका हुन् । मङ्गलबारे...

वैद्य माओवादीको क्षेत्रीय कार्यालयमा प्रहरीको छापा, चुनाव विरोधी प्रचार सामग्री कब्जा

२०७० कार्तिक ११ गते ७:५०

काठमाण्डु, ११ कात्तिक–चुनाव विरोधी गतिविधि सन्चालन गर्दै आएको नेकपा–माओवादी काठमाण्डु क्षेत्र नम्बर १० को कार्यालयमा प्रहरीले छापा मारेको छ । सोमबार विहान कीर्तिपुरस्थित कार्यालयमा प्रहरीले छापा मारेर चुनाव विरोधी प्रचार सामग्री नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सबै सामान नियन्त्रणमा लिएर लगेको पार्टी प्रवक्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us