शेख वाजेद स्वदेश प्रस्थान

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते ६:२२ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद आज बिहान स्वदेश प्रस्थान गरेकी छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ‘सार्क’को अठारौँ शिखर सम्मेलनमा भाग लिएर उनी आज फर्केकी हुन् ।
Shekh
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्य, मुख्यसचिव लीलामणि पौड््याल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव वसन्तकुमार गौतम, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागी र प्रधानसेनापति गौरवशम्शेर राणाले बिदाइ गरे ।

प्रधानमन्त्री वाजेदको सम्मानमा नेपाली सेनाको एक टुकडीले मंगल धुन र सम्मान गारत अर्पण गर्नुका साथै दुवै देशको राष्ट्रिय धुन बजाएको थियो ।

बंगलादेशका विशिष्ट अतिथिलाई शिष्टाचार महापाल कालीप्रसाद पोखरेलले विमानभित्रै पुगेर बिदाइ गरेका थिए ।

प्रधानमन्त्री वाजेद बंगलादेशी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सार्क सम्मेलनमा भाग लिन यही मंसिर ९ गते काठमाण्डु आएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us