एचआइभी/एड्सबाट ११२ जनाको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते १०:०४ मा प्रकाशित

 भीमदत्तनगर, १२ मङ्सिर- कञ्चनपुरमा एचआइभी/एड्सबाट हालसम्म ११२ जनाको मृत्यु भएको छ ।

हालसम्म भेटिएका ४२६ सङ्क्रमितमध्ये ११२ जनाकोे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार भारतमा मजदूरी गर्न जाने १९६ र उनीहरुका परिवारका १६५ जना सङ्क्रमित भेटिएका हुन् ।

एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका ५१ शिशु, सात यौनकर्मी महिला र एक जना तेस्रो लिङ्गीमा एचआइभी देखिएको जनस्वास्थ्य कार्यालय प्रमुख बलबहादुर महताले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us