विरोधबीच गढीमाइमा पशु बली दिइँदै

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते ३:१६ मा प्रकाशित

gadhi mai baliबारा, १२ मंसिर– विरोध र विवादका बीच बाराको प्रसिद्ध गढीमाई बेलामा आजबाट पशुबली दिने क्रम सुरु हुँदैछ ।

गढीमाइमा नेपाललगायत भारतका विभिन्न स्थानबाट श्रद्धालुले भाकल गरी ल्याएका हजारौं बोका, राँगा, कुखुरालगायको बली दिने चलन छ । ५ हजार राँगा मार हान्न ४ सय जना नियुक्त गरिएको छ ।

मुल पूजारी मंलग चौधरीको घरमा विशेष विधिपूर्वक तान्त्रिक पूजा सम्पन्न भएपछि बली दिन सुरु गरिन्छ ।
सुरुमा सतो जंगली मुसा, बोका, हाँस, कुखुरा र परेवाको पञ्चवली दिने चलन छ ।

बली दिन नेपालसहित भारतका बिहार, उत्तरप्रदेश, कलकत्ता, हरियाणा, बंगाललगायत विभिन्न राज्यबाट हजारौंको संख्यामा श्रद्धालु गढीमाई आइपुगेका छन् ।

गढीमाईमा भाकल गरी बली दिनाले मनोकामना सिद्ध हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

पछिल्लो समय पशु अधिकारकर्मीले गढीमाईमा बली दिने प्रथा अन्त्य गर्नुपर्नेमा विरोध जनाउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us