समाचार

सार्क–नेताहरुलाई शितल निवासमा रात्रीभोज

२०७१ मंसिर ११ गते १२:५०

काठमाण्डु, ११ मंसिर– राष्ट्रपति रामवरण यादवले १८ औं सार्क सम्मेलनमा सहभागी हुन आएका सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुको स्वागतमा रात्रीभोज दिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आज साँझ आयोजना गरिएको रात्रीभोजमा प्रधानमन्त्री सुशील कोइराला, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ,...

फलफूल बेचेरै जसले ४० लाख कमाए…

२०७१ मंसिर ११ गते १२:४५

जुम्ला, ११ मंसिर– जुम्लाको गैरागाउँका किसान शंकु खत्रीले फलफूलबाटै यस वर्ष ४० लाख रुपैयाँ आम्दानी गरेका छन् । जुम्लामा स्याउ तथा अन्य फलफूलखेतीको प्रशस्त सम्भावना देखेर २०३८ सालबाट यो पेसामा लागेका उनले विगतका वर्षमा त्यति राम्रो आम्दानी लिन नसके पनि यो वर्ष उनले ४०...

दुई जना अपहरणकारी पक्राउ

२०७१ मंसिर ११ गते १२:०९

पोखरा, ११ मंसिर– कास्कीमा दुई जना अपहरणकारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय कास्कीले अपहरण कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा हेम्जा–६ कास्कीका  ३३ वर्षीय ढाकाराम अधिकारी र पर्साका नविन थापा भन्ने २० वर्षीय अस्विन सुरेखालाई रहेका छन् । उनीहरुले पोखरा...

ऊर्जा सम्झौतामा हस्ताक्षर

२०७१ मंसिर ११ गते १२:०२

काठमाण्डु, ११ मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँँ शिखर सम्मेलनको आजको समापन सत्रमा सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्यढाँचासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आजको समापन सत्र प्रारम्भ भएपछि सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सदस्य मुलुकका विदेश मन्त्रीहरुलाई सो...

१० किलो चाँदीसहित दुई भारतीय पक्राउ

२०७१ मंसिर ११ गते ११:२४

महोत्तरी, ११ मंसिर– सशस्त्र प्रहरीले बिहीबार महोत्तरीको मटिहानी गाविसबाट १० किलो चाँदीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बिहार, मधुवनीका दिलीपकुमार साह र रोशनकुमार साह रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यलय महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेले बताए । जनकपुरबाट चाँदी...

काठमाण्डु घाेषणापत्र जारी गर्दै कसियाे सार्क सम्मेलन

२०७१ मंसिर ११ गते ११:१३

काठमाण्डु, ११ मंसिर– सार्कको अठारौँ शिखर सम्मेलनको समापन भएको छ । ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराका साथ बुधबारदेखि सुरु भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलन छत्तीसबुँदे काठमाण्डु घोषणापत्र जारी गर्दै आज साँझ सम्पन्न भएको हाे । काठमाडौँको...

प्रधानसेनापति र अमेरिकी विदेशमन्त्री भेटवार्ता

२०७१ मंसिर ११ गते ९:२३

काठमाण्डु, ११ मंसिर– प्रधानसेनापति गौरव शम्शेर जबरा र संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री निशा देसाई विश्वालबीच आज जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा द्विपक्षीय हित र नेपाल तथा अमेरिकाबीच रहँदै आएको पारस्परिक सम्बन्धका विषयमा...

संविधान निर्माणमा दबाब दिन साइकल यात्रा

२०७१ मंसिर ११ गते ९:०८

नवलपरासी, ११ मंसिर–  समयमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले नवलपरासीमा दुई युवकले मेची–महाकाली साइकल यात्रा सुरु गरेका छन् । नवलपरासीको रामनगर निवासी तीर्थराज पगेनी र कमल न्यौपानेले संयुक्त रुपमा मेची–महाकाली साइकल यात्रा सुरु गरेका हुन् । उनीहरुले १२ दिनमा १ हजार ६५ किलोमिटरको...

सुजाताले घुमाइन् सार्क फस्ट लेडीहरुलाई भक्तपुर

२०७१ मंसिर ११ गते ८:१०

भक्तपुर, ११ मंसिर– अठारौँ सार्क शिखर सम्मेलनमा भाग लिन आएका सार्क फस्ट लेडी र विदेशमन्त्रीका श्रीमतीहरुले आज विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरका प्रमुख सम्पदाहरुको अवलोकन गरेका छन् । भक्तपुर भ्रमणमा आउने फस्ट लेडीमा माल्दिभ्सकी फतिमा इब्राहम र पाकिस्तानकी बेगम साहिबा छन् । त्यस्तै बंगलादेशका विदेशमन्त्रीकी...

माघ ८ भित्रै संविधान बन्नुपर्छ : हिसिला यमि

२०७१ मंसिर ११ गते ८:००

लहान, ११ मंसिर– एकीकृत नेकपा माओवादीकी नेत्री तथा पूर्वमन्त्री हिसिला यमीले समावेशीता र संघीयताका लागि माघ ८ भित्रै संविधान बन्नुपर्नेमा जोड दिएकी छन् । क्रान्तिकारी पत्रकार संघ सिरहाद्वारा लहानमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेत्री यमीले जनयुद्ध, जनआन्दोलन र मधेस विद्रोहको मुख्य एजेन्डाका रुपमा...

मोदी र सरिफबीच ‘कुराकानी’ भएकै हो ?

२०७१ मंसिर ११ गते ७:४९

काठमाण्डु, ११ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ सार्क सम्मेलका औपचारिक र देखिने मञ्चमा आपसमा बोलेनन्, हात पनि मिलाएनन् । तर घुमफिरका लागि धुलिखेल पुगेका यी दुई शक्तिशाली देशका समकक्षी सँगसँगै हिंडडुल गरेका छन् । नेपाल सरकारका तर्फबाट विशिष्ट पाहुनाहरुसँगै...

बलात्कार गर्न खोजेको आरोपमा थुनिए ७५ वर्षीय वृद्ध

२०७१ मंसिर ११ गते ७:२३

झापा, ११ मंसिर– बालिकालाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका ७५ वर्षीय हर्कबहादुर दर्जी जेल चलान भएका छन् । बाहुनडाँगी– ६ निवासी एक बालिकालाई गत साउन १८ गते बिहान सोही ठाउँ निवासी दर्जीले बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us