
काठमाण्डु, ११ मंसिर– प्रधानसेनापति गौरव शम्शेर जबरा र संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री निशा देसाई विश्वालबीच आज जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
उक्त भेटवार्ताका क्रममा द्विपक्षीय हित र नेपाल तथा अमेरिकाबीच रहँदै आएको पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
सो अवसरमा काठमाण्डुस्थित अमेरिकी राजदूतावासका राजदूत पिटर डब्लु बोडेको समेत उपस्थिति रहेको थियो ।