
काठमाण्डु, ११ मंसिर– राष्ट्रपति रामवरण यादवले १८ औं सार्क सम्मेलनमा सहभागी हुन आएका सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुको स्वागतमा रात्रीभोज दिएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा आज साँझ आयोजना गरिएको रात्रीभोजमा प्रधानमन्त्री सुशील कोइराला, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, माल्दिभ्सका राष्ट्रपति मोहम्मद यामिन, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे सहभागी छन् ।
त्यस्तै रात्रीभोजमा सार्क शिखर सम्मेलनमा पर्यवेक्षकका रुपमा सहभागी हुन आएका मुलुकका विदेशमन्त्री, विदेश सचिव वा प्रतिनिधि पनि सहभागी छन् ।
आजै राष्ट्रिय सभागृहमा १८ औं सार्क शिखर सम्मेलन समापन भएको थियो । १९ औं सम्मेलन पाकिस्तानको इस्लामावादमा हुने तय भएको छ ।