बलात्कार गर्न खोजेको आरोपमा थुनिए ७५ वर्षीय वृद्ध

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते ७:२३ मा प्रकाशित

झापा, ११ मंसिर– बालिकालाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका ७५ वर्षीय हर्कबहादुर दर्जी जेल चलान भएका छन् ।
balatkar
बाहुनडाँगी– ६ निवासी एक बालिकालाई गत साउन १८ गते बिहान सोही ठाउँ निवासी दर्जीले बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दर्जीलाई जिल्ला अदालत झापाका २ नम्बर न्यायाधीश पूर्णेश्वरप्रसाद दासको इजलासले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

पीडित बालिकालाई दर्जीको घरमा खेल्न गएका बखत उनले दुव्र्यवहार गरेको आमालाई बताएपछि बालिकाको परिवारले साउन १९ गते इलाका प्रहरी कार्यालय काँकडभिट्टमा जाहेरी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us