माघ ८ भित्रै संविधान बन्नुपर्छ : हिसिला यमि

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते ८:०० मा प्रकाशित

लहान, ११ मंसिर– एकीकृत नेकपा माओवादीकी नेत्री तथा पूर्वमन्त्री हिसिला यमीले समावेशीता र संघीयताका लागि माघ ८ भित्रै संविधान बन्नुपर्नेमा जोड दिएकी छन् ।

Hisila-yami

क्रान्तिकारी पत्रकार संघ सिरहाद्वारा लहानमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेत्री यमीले जनयुद्ध, जनआन्दोलन र मधेस विद्रोहको मुख्य एजेन्डाका रुपमा रहेको संघीयतासहितको संविधानका लागि सबै दल जिम्मेवारीपूर्वक लागे माघ ८ गतेभित्र संविधान बन्ने विश्वास व्यक्त गरिन ।

‘पार्टीको संस्थापन पक्षलाई थाहा नदिइ छुट्टै भेला, बैठक गर्दै हिँड्नु पार्टी फुटाउने पूर्वाधारको तयारी त होइन ?’ भन्ने प्रश्नमा नेत्री यमीले जनयुद्धकालमा पनि भट्टराई र आफूले कारबाही भोगेरै यहाँसम्म आएको उल्लेख गर्दै पार्टीभित्र संघर्ष गर्ने तर पार्टी नफुटाउने बताइन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us