संविधान निर्माणमा दबाब दिन साइकल यात्रा

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते ९:०८ मा प्रकाशित

नवलपरासी, ११ मंसिर–  समयमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले नवलपरासीमा दुई युवकले मेची–महाकाली साइकल यात्रा सुरु गरेका छन् । नवलपरासीको रामनगर निवासी तीर्थराज पगेनी र कमल न्यौपानेले संयुक्त रुपमा मेची–महाकाली साइकल यात्रा सुरु गरेका हुन् ।

उनीहरुले १२ दिनमा १ हजार ६५ किलोमिटरको दूरी साइकलबाट पार गर्ने लक्ष्यका साथ आजदेखि नवलपरासीबाट यात्राको आरम्भ गरेका छन्

‘नेपालमा दीर्घकालीन शान्तिको कामना : निर्धारित समयमै संविधान हाम्रो चाहना’ भन्ने नाराका साथ उनीहरुले सो साइकल यात्रा सुरु गरेका हुन् ।

देशमा निर्धारित समयमै संविधान जारी होस् भन्ने आम नेपालीको चाहना भएकाले आफूहरुले सबै दलका नेतालाई दबाब दिन साइकल यात्रा सुरु गरेको उनीहरुको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us