काठमाण्डु घाेषणापत्र जारी गर्दै कसियाे सार्क सम्मेलन

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते ११:१३ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– सार्कको अठारौँ शिखर सम्मेलनको समापन भएको छ ।

18th SAARC Summit Kicks Off

‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराका साथ बुधबारदेखि सुरु भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलन छत्तीसबुँदे काठमाण्डु घोषणापत्र जारी गर्दै आज साँझ सम्पन्न भएको हाे ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सार्कका अध्यक्ष एवम् नेपालका प्रधानमन्त्री सुशील कोइरालाले विशेष समारोहबीच  शिखर सम्मेलन समापन गरेका हुन् ।

समापन समारोहमा भाग लिन आठै देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखसहित पर्यवेक्षक देशका प्रतिनिधि सहभागी थिए । यसैगरी  नेपालका संवैधानिक निकायका प्रमुख र राजनीतिक दलका नेता पनि सम्मेलनमा  सहभागी थिए ।

सार्कका अध्यक्ष एवम् प्रधानमन्त्री कोइरालाले  सार्कको १९ औँ शिखर सम्मेलन पाकिस्तानमा आयोजना हुने घोषणा गरे । समापन समारोहमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले शिखर सम्मेलनको व्यवस्थापन भव्य रुपमा  आयोजना गरेकामा नेपाल सरकार र नेपाली जनताप्रति धन्यवाद दिए ।

सरिफले सार्कको आगामी शिखर सम्मेलन आयोजना गर्ने अवसर पाकिस्तानलाई प्राप्त भएकामा खुसी व्यक्त गर्दै पाकिस्तानमा पाहुनालाई स्वागत गर्न आफू आतुर रहेको बताए ।

काठमाडाँै घोषणापत्रमा ऊर्जा, स्वास्थ्य, शिक्षा, युवा, महिला बालबालिका, सामाजिक सुरक्षा, दूरसञ्चार, आतङ्कवाद नियन्त्रण, कृषि तथा खाद्य सुरक्षा, गरिबी निवारण, वातावरण, विज्ञान तथा प्रविधि जस्ता विषय समेटिएका छन् ।

सम्मेलन समापनपछि फोटो सत्र भएकाे थियाे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us