रौटहत, १३ मंसिर- रौतहट सदरमुकाम गौरमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला विकास समिति रौतहटका कर्मचारी बिर्तीप्रस्टोका गाविस- ८ घर भएका ३२ वर्षीय नागेन्द्र पटेल छन् । पटेल सवार ना २७ प ७५६ नम्बरको मोटरसाइल गौर चन्दैनिगाहपुर सडक...
बागलुङ, १३ मंसिर– बागलुङको तमान–८ को सरस्वती निमावि पाँच जना शिक्षकको भरमा चलेको छ । यसअघि सात शिक्षक रहेकामा दुई जनाले अवकाश लिएपछि पाँच जनाले विद्यालय चलाउनु परेका कारण पठनपाठनसमेत प्रभावित भएको छ । प्राथमिक तहका पाँच जना शिक्षकको दरबन्दी रहे पनि निमावि भने...
मोरङ, १३ मंसिर– मोरडको पोखरीया गाविस–९ मा अजिंगर फेला परेको छ । लोपोन्मुख पाइथन प्रजातिको अजिंगर स्थानीयवासीले फेला पारेका हुन् । स्थानीयवासी अच्छेलाल ऋषिदेवका अनुसार उखुुबारीमा काम गरिरहेको अवस्थामा स्थानीय महगुु ऋषिदेवले सो अजिंगर फेला परेका हुन् । उनका अनुसार सो अजिंगर साढे ८...
झापा, १२ मसिर– बहुविवाह गरेका दमक नगरपालिका– १४ का रामहरि कार्की र उनकी कान्छी श्रीमती सन्ध्या ढकाल हिजो जिल्ला कारागार चलन भएका छन् । कार्कीले गत असोज १५ गते सन्ध्यालाई दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमती कुमारी कार्कीले कात्तिक २४ गते इलाका प्रहरी कार्यालय...
विराटनगर, १३ मंसिर– सहरी क्षेत्रमा किशोरकिशोरीमा लागुपदार्थ दुव्र्यसन बढ्दै गइरहेकाले यसलाई रोकथामका लागि वडा प्रहरी कार्यालय विराटनगरले विद्यार्थीबीच सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ । सो कार्यक्रमको उद्देश्य विद्यालय र क्याम्पसमा पुगेर लागुपदार्थको प्रयोग गर्दा देखिने दुष्परिणामका बारेमा जानकारी गराउनु रहेको छ । यसै क्रममा...
सोलुखुम्बु, १३ मसिर– वाकु– ५ सोलुखुम्बु शंकर राईले जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुलाई १० रोपनी जग्गा नि:शुल्क प्रदान गरेका छन् । वाकु– ५ सगरमाथा निमावि नजिक रहेको करिब रु १० लाख मूल्य बराबरको सो जग्गा राईले फुटबल खेल मैदान बनाउनका लागि नि:शुल्क प्रदान गरेको...
मकवानपुर, १२ मंसिर– मकवानपुरको बसामाडीमा बस ठोक्काएर १० यात्रुको ज्यान लिने चालकलाई जेल चलान गरिएको छ । मकवानपुर जिल्ला अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको एकल इजालसले दोषी चालक हेटौंडाका राकेशसिंह स्याङतानलार्इ जेल पठाउन आदेश दिएको हो । उनले गत कात्तिक १५ गते मकवानपुरको बसामाडीमा काठमाण्डुबाट...
नुवाकोट, १२ मंसिर– भैरवी मन्दिरमा चोरी गरेको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले मुद्दा चलाइएका दसै जनालाई पुर्पक्षमा राखेर मुद्दा चलाउन आदेश दिएको हो । प्रहरीले गत कात्तिक ११ र...
काठमाण्डु, १२ मंसिर– परराष्ट्र मन्त्रालयले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ‘सार्क’ को शिखर सम्मेलनमार्फत बहुपक्षीय कटनीतिलाई प्रस्तुत गर्ने अवसरको सदुपयोग गर्न सफल भएको जनाएको छ । ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराका साथ यही मङ्सिर १० र ११ गते सार्कको १८औा शिखर...
काठमाण्डु, १२ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा सबैभन्दा विवादित देखिएको संघीयताको विषयलाई थाती राखेरै संविधान घोषणा गर्न सकिने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै अध्यक्ष ओलीले संघीय आयोग बनाएर संघ निर्माणको जिम्मा दिन सकिने विचार...
काठमाण्डु, १२ मंसिर– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले आइतबार दिउँसो एक बजे समितिको बैठक बोलाएका छन् । १८ औं सार्क शिखर सम्मेलनका कारण अनिश्चितकालसम्मका लागि स्थगित बैठक भट्टराईले आइतबारका लागि डाकेका हुन् । यसअघि सत्तारुढ नेपाली कांग्रेस र नेकपा...
इस्लामावाद, १२ मंसिर– पाकिस्तानले ३६ जना भारतीय बन्दी रिहा गरेको छ । पाकिस्तानले भारतका केही माछा मार्ने पेसा अंगाल्ने माझी र नागरिक बन्दीलाई रिहा गरिदिएको जनाइएको छ । १८ औं सार्क सम्मेलनमा काठमाण्डुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच हात मिलाएकै...