खेलकुद समितिलाई १० रोपनी जग्गा

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते २:२३ मा प्रकाशित

सोलुखुम्बु, १३ मसिर– वाकु– ५ सोलुखुम्बु शंकर राईले जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुलाई १० रोपनी जग्गा नि:शुल्क प्रदान गरेका छन् ।

वाकु– ५ सगरमाथा निमावि नजिक रहेको करिब रु १० लाख मूल्य बराबरको सो जग्गा राईले फुटबल खेल मैदान बनाउनका लागि नि:शुल्क प्रदान गरेको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका कार्यालय सचिव नेत्रप्रसाद घिमिरेले जानकारी दिए ।

राईले प्रदान गरेको जग्गा बिहीबार जिल्ला मालपोत कार्यालय सोलुखुम्बुमार्फत जिल्ला खेलकुद विकास समितिको नाममा रजिस्ट्रेसन पास गरिएको हो । राईका पिता आशवरी राईले पनि हालै सगरमाथा माविमा रहेको करिब १० रोपनी जग्गा विद्यालयलाई नि:शुल्क प्रदान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us