विद्यार्थीलाई लागुपदार्थसम्बन्धी सचेतना

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते २:२८ मा प्रकाशित

विराटनगर, १३ मंसिर– सहरी क्षेत्रमा किशोरकिशोरीमा लागुपदार्थ दुव्र्यसन बढ्दै गइरहेकाले यसलाई रोकथामका लागि वडा प्रहरी कार्यालय विराटनगरले विद्यार्थीबीच सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ ।

सो कार्यक्रमको उद्देश्य विद्यालय र क्याम्पसमा पुगेर लागुपदार्थको प्रयोग गर्दा देखिने दुष्परिणामका बारेमा जानकारी गराउनु रहेको छ ।

यसै क्रममा शुक्रबार विराटनगर–१३ स्थित लर्ड बुद्ध कलेजका विद्यार्थीमाझ वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्दराज काफ्लेले लागुपदार्थको प्रयोगबाट लाग्ने रोगलगायत समस्याको सम्बन्धमा जानकारी गराउनुका साथै यस विषयमा तयार पारिएका वृतचित्रसमेत प्रदर्शन गरेका थिए ।

उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकको समेत सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us