
काठमाण्डु, १२ मंसिर– परराष्ट्र मन्त्रालयले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ‘सार्क’ को शिखर सम्मेलनमार्फत बहुपक्षीय कटनीतिलाई प्रस्तुत गर्ने अवसरको सदुपयोग गर्न सफल भएको जनाएको छ ।
‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराका साथ यही मङ्सिर १० र ११ गते सार्कको १८औा शिखर सम्मेलन ३६ बुादे काठमाडाौ घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले सम्मेलनका अवसरमा यस क्षेत्रका नेताबीचमा अझ नजिकबाट घुलमिल हुने र एकार्कालाई बुझ्ने अवसर मिलेको जनाएको छ ।
शिखर सम्मेलनका लागि नेपालले तय गरेको नारालाई सबै सदस्य राष्ट्रबाट प्रशंसा भएको तथा राष्ट्राध्यक्ष/सरकार प्रमुखबाट त्यसैको वरिपरि रही मन्तव्य व्यक्त हुनाले नारा छनोटमा बुद्धिमतालाई पुष्टि गरेको मन्त्रालयको जिकिर छ ।
परराष्ट्रसहितका सरोकार भएका मन्त्रालय, कूटनीतिक नियोग, राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारजगत्, होटल व्यवसायी एवम् नेपाली जनताको सहयोग र सद्भावबाट शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको जनाउादै मन्त्रालयले सम्मेलनलाई सहयोग पुर्याउने सबै पक्षलाई धन्यवाद एवम् आभार व्यक्त गरेको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मुलुकमा गणतन्त्र संस्थागत भइनसकेको र सङ्क्रमण कायम रहेको अवस्थामा पनि सार्क शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर नेपालले आफ्नो क्षमताको पुष्टि गरेको बताए ।
‘सबैको विवेक, वुद्धि र क्षमतलाई सामूहिक रुपमा उपयोग गरेर काम गरियो भने सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण सार्क शिखर सम्मेलनले सिकाएको छ, सम्मेलन अत्यन्त सफल भएको छ’, पाण्डेले भने ।
सार्क सम्मेलनले तय गरेका विषयवस्तु र घोषणापत्रलाई प्रत्येक सदस्य राष्ट्रले आफ्नो राष्ट्रिय कार्यक्रम बनाएर विधिवत् रुपमा कार्यान्वयनमा लानुपर्नेमा उहााले जोड दिए ।
मन्त्री पाण्डेले सदस्य राष्ट्रका कतिपय ऐन र कानुनका अप्ठयारोका कारणले सडक र रेलसम्बन्धी विषयमा सहमतिमा पुग्न नसकेको भए पनि तीन महिनाभित्रै ती सबै प्रक्रियालाई पूरा गरेर आगामी सार्क मन्त्रिपरिषद्को बैठकले त्यसलाई अगाडि बढाइने बताए ।