मोटरसाइकल दुर्घटनामा जिविस कर्मचारीको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते ५:३८ मा प्रकाशित

रौटहत, १३ मंसिर- रौतहट सदरमुकाम गौरमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला विकास समिति रौतहटका कर्मचारी बिर्तीप्रस्टोका गाविस- ८ घर भएका ३२ वर्षीय नागेन्द्र पटेल छन् ।

पटेल सवार ना २७ प ७५६ नम्बरको मोटरसाइल गौर चन्दैनिगाहपुर सडक खण्डअन्तर्गत बरहवा पुलनजिकै रोकिराखेको ना २ त ४२३ नम्बरको ट्रयाक्टरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार गौर- ४ महादेवपट्टीका २७ वर्षीय रञ्जित पटेल गम्भीर घाइते भएका छन् । उनीहरु बाराको गढीमाई मेलामा सहभागी भएर घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् ।

बाक्लो हुस्सुका कारण रोकिएको ट्रयाक्टर नदेख्दा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका निरीक्षक रामप्रकाश चौधरीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us