बहुविवाह गर्नेलाई जेल

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते ३:१६ मा प्रकाशित

झापा, १२ मसिर– बहुविवाह गरेका दमक नगरपालिका– १४ का रामहरि कार्की र उनकी कान्छी श्रीमती सन्ध्या ढकाल हिजो जिल्ला कारागार चलन भएका छन् ।

कार्कीले गत असोज १५ गते सन्ध्यालाई दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमती कुमारी कार्कीले कात्तिक २४ गते इलाका प्रहरी कार्यालय दमकमा कारबाहीको माग गर्दै जाहेरी दिएकी थिइन् ।

सोही दिन प्रहरीले रामहरि र सन्ध्यालाई पक्राउ गरी कानुनी कारबाही सुरु गरेको प्रहरी सहायक निरीक्षक वासुदेव चौधरीले जानकारी दिए ।

उनीहरुलाई जिल्ला अदालत झापाका न्यायाधीश पूर्णश्वरप्रसाद उपाध्यायको इजालासले बिहीबार कारागार चलान गर्ने फैसला गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us