
मोरङ, १३ मंसिर– मोरडको पोखरीया गाविस–९ मा अजिंगर फेला परेको छ । लोपोन्मुख पाइथन प्रजातिको अजिंगर स्थानीयवासीले फेला पारेका हुन् । स्थानीयवासी अच्छेलाल ऋषिदेवका अनुसार उखुुबारीमा काम गरिरहेको अवस्थामा स्थानीय महगुु ऋषिदेवले सो अजिंगर फेला परेका हुन् ।
उनका अनुसार सो अजिंगर साढे ८ फिट लम्बाइ र १५ इन्च मोटाइको छ । गाउँमा अजिंगर फेला परेको हल्ला चलेपछि प्रहरीले सो अजिंगर प्रहरी चौकी पोखरीयामा ल्याई सुरक्षित राखेका थिए ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र कुँवरले संरक्षित प्रजातिमा रहेको सो पाइथन जातको अजिंगर सुरक्षित वासस्थानका लागि हिजै जिल्ला वन कार्यालय मोरङमा बुझाइएको बताए ।