बस जुधाएर १० यात्रुको ज्यान लिने चालक जेलमा

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते १४:२६ मा प्रकाशित

मकवानपुर, १२ मंसिर– मकवानपुरको बसामाडीमा बस ठोक्काएर १० यात्रुको ज्यान लिने चालकलाई जेल चलान गरिएको छ ।
मकवानपुर जिल्ला अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको एकल इजालसले दोषी चालक हेटौंडाका राकेशसिंह स्याङतानलार्इ जेल पठाउन आदेश दिएको हो  ।

उनले गत कात्तिक १५ गते मकवानपुरको बसामाडीमा काठमाण्डुबाट विराटनगर जाँदै गरेको शुभश्री यातायातको ना ४ ख ५४४८ नम्बरको बस इलामबाट काठमाण्डु आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको बससँग जुधाएका थिए ।

जिल्ला प्रहरी कार्यालयले स्याङतानविरुद्द सवारी ज्यानसम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो । स्याङतानलाई दुईदेखि १० वर्षसम्म सजाय हुन सक्छ ।

अदालतले मेट्रो यातायातका चालक अरबिन्द तामाङलार्इ भने २० हजार धरैटीमा तारेखमा छाड्न आदेश दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us