समाचार

काँग्रेससँगको सहकार्य माघ ८ सम्म: एमाले सचिव

२०७१ मंसिर १३ गते १५:०९

कैलाली, १३ मंसिर– एमाले सचिव योगेश भट्टराईले नेपाली काँग्रेससँग आफूहरुको सहकार्य माघ ८ गतेसम्मका लागि मात्र भएको भएको बताएका छन् । प्रेस चौतारी कैलाली शाखाको आइतबार धनगढीमा हुन लागेको जिल्ला सम्मेलनको उद्घाटन गर्न आज यहाँ आएका भट्टराईले माघ ८ गते संविधान जारी नभए काँग्रेससँगको...

किरिया घरमा सुत्न गएका डगौराको रहस्यमय मृत्यु

२०७१ मंसिर १३ गते १४:२७

कञ्चनपुर, १३ मंसिर– कञ्चनपुरको पिपलाडी गाविस–४ लक्ष्मीपुरका ५२ वर्षीय मोहन डगौराको किरिया घरमा सुतेको अवस्थामा रहस्यमय तरिकाले मृत्यु भएको छ । घरनजिकै छोरीको घरमा सुत्न गएका डगौरा शनिबार मृत अवस्थामा फेला परेका हुन् । छोरी रत्ना डगौराको सासुको तीन दिनअघि मृत्यु भएकामा किरियापुत्रीलाई सघाउ...

गढीमाइमा बलि चढाइएका राँगा दलितले लुटे

२०७१ मंसिर १३ गते १४:१३

बारा, १३ मंसिर– बाराको गढीमाई मेलामा बलि चढाइएका रागाँ स्थानीय दलित समुदायले लुटेर घरघरमा लगेका छन् । दलित समुदायले शुक्रबार बलि चढायएका सबै राँगा राति लुटेर लगेका हुन् । राँगा एक करोड ६० लाखमा ठेक्का लगाइएको थियो । ठेकेदारले उठाउने तयारी गरिरहेका बेला सयौंको...

मोदीको अभिव्यक्ति ‘आदेश कि सुझाव’ भन्नेमा काँग्रेस–एमाले विभाजित

२०७१ मंसिर १३ गते १३:२१

काठमाण्डु, १३ मंसिर– सत्तारुढ काँग्रेस–एमाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर विभाजित भएका छन् । एमालेले मोदीको अभिव्यक्तिलाई ‘आनतरिक मामलामाथिको हस्तक्षेप’ भनेको छ भने काँग्रेसले छिमेकीको सुझावलाई हस्तक्षेप भन्न नहुने बताएको छ । १८ औं सार्क सम्मेलनमा सहभागी हुन आएका बेला भारतीय लगानीमा वीर...

युद्धकालिन नाम राखेर विप्लवले घोषणा गरे नयाँ पार्टी

२०७१ मंसिर १३ गते १३:०३

काठमाण्डु, १३ मंसिर– नेकपा–माओवादीसँग केही दिनअघि सम्बन्ध विच्छेद घोषणा गरेको नेक्रविक्रम चन्द पक्षले नयाँ पार्टी घोषणा गरेको छ । चितवनमा तीन दिनसम्म बसेको उक्त समूहको बैठकले चन्दको संयोजकत्वमा पार्टी घोषणा गरेको हो । पार्टीको नाम भने बीचको ड्यास हटाएर युद्धकालिन नेकपा माओवादीकै जस्तो नाम...

दुर्घटनामा मृत्यु हुनेको संख्या ५२ पुग्यो

२०७१ मंसिर १३ गते १२:३५

जाजरकोट,  १३ मंसिर– जाजरकोटको भेरी नदीमा बस खस्दा हराएका मध्ये थप चारजनाको शव शनिबार भेटिएको छ । योसँगै दुर्घटनाामा मृत्यु हुनेको संख्या ५२ पुगेको छ । भेरीमा हराइरहेका लहँ– २ का कर्णबहादुर खड्का र छोरा विपिन, ढीमे १ का कालिका मल्ल र चालक लक्ष्मण...

पेरिसडाँडाको निष्कर्ष, ‘विप्लवको सम्बन्ध विच्छेदपछि वैद्य माओवादी बिसर्जनको बाटोमा’

२०७१ मंसिर १३ गते १२:२४

काठमाण्डु १३ मंसिर–एमाओवादीले आफूबाट अलग्गिएर बनेको नेकपा–माओवादी विभाजन हुँदै बिसर्जनको बाटोतर्फ गएको बताएको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता दीनानाथ शर्माले वैद्य माओवादी बिसर्जनको संघारमा पुगेको बताए । माओवादीधारका सबै क्रान्तिकारी कम्युनिष्ट शक्ति एक हुनुपर्नेमा नेकपा–माओवादीमा आएको फुट...

जिल्ला जिल्लामा ओलीलाई झट्का, अधिवेशन सकिएका ६ मध्ये ५ जिल्लामा नेपाल पक्षको जित

२०७१ मंसिर १३ गते ११:५७

काठमाण्डु, १३ मंसिर– चार महिनाअघि भएको एमाले नवौं महाधिवेशनमा अध्यक्षमा पराजित नेता माधवकुमार नेपाल जिल्ला अधिवेशनहरूमा भने बलियो देखिएका छन् । जिल्लाजिल्लामा पनि नवौं महाधिवेशनमा जस्तै अध्यक्ष केपी ओली र नेता नेपालका प्यानलको प्यानल चुनावी प्रतिस्पर्धामा छन् । हासम्म पाँचथर, इलाम, रौतहट, सुर्खेत, बाँके...

ज्वरोले थलिए ऋषि धमला

२०७१ मंसिर १३ गते ११:२२

काठमाण्डु, १३ मंसिर– रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला बिरामी भएका छन् । अस्वस्थ भएपछि धमला उपचारका लागि राजधानीको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । केही दिनदेखि खुट्टाको दुखाईबाटबाट पीडित धमलालाई ज्वरो समेत आएपछि शनिबार अपरान्ह अस्पताल भर्ना गरिएको हो । ऋषिलाई आकस्मिक कक्षमा...

दुई हप्ता अमेरिका घुमेर आएपछि रामचन्द्रले भने, ‘बाबुरामले हलो अड्काएर गोरु चुटे’

२०७१ मंसिर १३ गते ११:१०

काठमाण्डु, १३ मंसिर– काँग्रेस उपसभापति रामचन्द्र पौडेलले संवैधानिक–राजनीतिक तथा संवाद समिति सभापति बाबुराम भट्टराईका कारण संविधान निर्माण प्रक्रिया धरापमा परेको आरोप लगाएका छन् । झण्डै दुई साता लामो अमेरिका भ्रमण सकाएर स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग पौडेलले सहमतिका नाममा समय खेर फाल्न नसकिने...

ललितपुरका पत्रकार बागमति सफाइमा

२०७१ मंसिर १३ गते १०:५५

ललितपुर, १३ मंसिर– नेपाल पत्रकार महासंघ ललितपुर शाखाले बागमति सरसफाई अभियानमा सहभागिता जनाएको छ । बागमति नदी र यस वरपरको सभ्यता बचाउनु सबै नेपालीको कर्तब्य भएकोले बागमति सरसफाई अभियानमा सहभागी भएको महासंघ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेले बताए । महासंघ ललितपुरबाट शनिबारको बागमति सफाइ अभियानमा...

मोदी अभिव्यक्तिको प्रभावः प्रचण्डलाई बालुवाटार बोलाएर सुशीलले भने, ‘सहमतिमै संविधान’

२०७१ मंसिर १३ गते १०:३४

काठमाण्डु, १३ मंसिर– प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान निर्माण प्रक्रिया र हालै सम्पन्न सार्क सम्मेलनका निर्णयका बारेमा कुराकानी भएको थियो । भेटमा कोइरालाले आफू सहमतिमै संविधान लेदिनुपर्ने पक्षमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us