समाचार

एमाओवादीले अड्को थापिरहेछ : देउवा

२०७१ मंसिर १४ गते १२:०४

भद्रपुर, १४ मंसिर– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान निर्माणमा एकीकृत माओवादीले अड्को थापेको आरोप लगाएका छन् । भद्रपुर विमानस्थलको विशिष्ट कक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता देउवाले संविधान जारी गर्न राजनीतिक दलहरुसँग छलफल एवम् सहमतिको प्रयास भइरहेको पनि जानकारी दिए...

सयको लगानीबाट करोडपति बने कोइराला

२०७१ मंसिर १४ गते ११:५०

तनहुँ, १४ मंसिर– गुञ्जमान कोइराला । जसले सुरु गरेका थिए सत्र सयको लगानी र अहिले भएका छन् करोडको मालिक । झट्ट सुन्दा अचम्म लाग्न सक्छ जम्मा सत्र सयको लगानीबाट करोडपति भएको भन्दा समाचार । तर कुरा सत्य हो । तनहुँ ब्यास नगरपालिकाका ५२ वर्षीय...

होटल सञ्चालिका नै बेश्यावृत्तिमा

२०७१ मंसिर १४ गते १०:२१

विराटनगर, १४ मंसिर– बेश्यावृत्तिमा संलग्न रहेको आरोपमा प्रहरीले होटल सञ्चालिकासहित तीनजनालाई पक्राउ गरेको छ । विराटनगर–१५ स्थित होटल आशिषबाट आपत्तिजनक अवस्थामा पक्राउ गरिएका दुहबी–९ का ३६ वर्षीय भोगेन्द्र अग्रवालसहित होटल सञ्चालिका विराटनगर–१६ की रमा दाहाल (कार्की) र  अर्की एक किशोरीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले...

फोरमले ल्यायो ९ प्रदेशको प्रस्ताव

२०७१ मंसिर १४ गते १०:०८

काठमाण्डु, १४ मंसिर– उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले ९ प्रदेशको प्रस्ताव अघि सारेको छ । संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिको आइतबारको बैठकमा अध्यक्ष यादवल जातीयता झल्कने ९ प्रदेशको प्रस्ताव गरेका हुन् । आफूले लिम्बूवान, किरात, तामसालिङ, मगरात, नेवा: नारायणी, तमुवान, मधेस/तराई र...

एमाले सत्ता परिवर्तनको खेलमा: पुन

२०७१ मंसिर १४ गते ९:५८

पोखरा, १४ मंसिर– एकीकृत माओवादी सचिव वर्षमान पुनले सत्तारुढ दल भित्रैबाट सरकार परिवर्तनको खेल सुरु भएको आरोप लगाएका छन् । क्रान्तिकारी पत्रकार संघले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले एमाले सरकार परिवर्तनको खेलमा लागेको बताए । सार्क सम्मेलनअघि नै सरकार फेर्ने खेल सुरु भएको...

अस्पताल पसेको भैंसी डिएसपीले गोली हानेर मारे

२०७१ मंसिर १४ गते ९:४३

काठमाण्डु, १४ मंसिर– काठमाण्डुको बुद्धनगरस्थित एक अस्पतालमा पसेको भैंसी प्रहरीले गोली हानेर मारेको छ । अस्पतालभित्र छिरेको भैंसी नियन्त्रणमा लिन नसकिएपछि प्रहरीले गोलीले मारेको हो । आइतबार बिहान करिब १० बजेको समयमा अस्पतालको ओपीडी पक्षमा भैंसी पसेपछि बिरामी र कुरुवाका साथै चिकित्सक, नर्स र...

दुई महिना कैद छल्न १० वर्ष भूमिगत ?

२०७१ मंसिर १४ गते ९:२५

कञ्चनपुर, १४ मंसिर–  दुई महिना कैद सजायका लागि भागेका अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । क्षेत्रीय अनुसन्धान टिम (आरआइटी) महाकालीले १० वर्षअघि दुई महिना १२ दिन कैद सजाय सुनाइएका कृष्णपुर–१ का ईश्वरी बुढालाई पक्राउ गरेको हो । कञ्चनपुर जिल्ला अदालतले ४० वर्षीय ईश्वरीलाई...

हामी नयाँ क्रान्तिमा होमिइसक्यौं : विप्लव

२०७१ मंसिर १४ गते ९:०३

चितवन, १४ मंसिर– नेकपा–माओवादीबाट अलग्गिएका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरु नयाँ क्रान्तिमा होमिएको उद्घोष गरेका छन् । आज बिहान चितवनको भरतपुरमा अगुवा कार्यकर्ता भेटघाटका क्रममा उनले नयाँ क्रान्तिमा सहभागी हुन अन्य पार्टीका कार्यकर्तालाई समेत आग्रह गरे तर कस्तो क्रान्ति भन्नेबारे भने उनले केही खुलाएनन्...

मोदीले भेट नदिएपछि रन्थनिएका कमल थापा किन पुगे गढीमाई ?

२०७१ मंसिर १४ गते ८:२३

बारा, १४ मंसिर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले बाराको गढीमाई मेला अवलोकन गर्नुको साथै पूजाअर्चना गरेका छन् । भारतीय प्रधानमन्त्री नदरेन्द्र मोदीले भेट्न अस्वीकार गरेपछि रन्थनिएका थापा गढीमाई पुगेका हुन् । १८ औं सार्क शिखर सम्मेलनका क्रममा काठमाण्डु आएका मोदीले सम्मेलन सकिएपछि दुईपटकसम्म समय...

जहाँ न्याय खोज्न अदालत होइन, मन्दिर जाने गरिन्छ…

२०७१ मंसिर १४ गते ८:१०

बाजुरा, १४ म्रसिर–बाजुरा जिल्लाको कोल्टी गाविसमा रहेको तलिगोठी कैलाशको मन्दिरमा विसं १९९० भन्दा अगाडिका मुद्दा छानबिन हुन बाँकी रहेको खुलासा भएको छ । अहिलेको २१औँ शताब्दीका मान्छेले देवताको आस्था भुली नास्तिक बनेकाले यो सत्यता नमान्लान् तर सेती, महाकाली, कर्णाली अञ्चल र भारतका केही ठाउँका...

१० मिनेट पनि बसेन संवैधानिक समिति

२०७१ मंसिर १४ गते ७:५९

काठमाण्डु, १४ मंसिर–संवैधानिक– राजनीतिक संवाद तथा सहमति समितिको बहुप्रतिक्षित बैठक १० मिनेट पनि नबसी स्थगित भएको छ । सिंहदरबारस्थित समिति कार्यालयमा आइतबार बसेको बैठक छलफलबिनै सकिएको हो । बैठकमा सभापति बाबुराम भट्टराईले सहमतिका लागि भइरहेका प्रयासबारे सभासदहरुलाई जानकारी गराएका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा...

काँग्रेस–एमाले प्रस्तावबिनै प्रतिवेदन लान २० दलको बाबुरामलाई सुझाव

२०७१ मंसिर १४ गते ७:३३

काठमाण्डु, १४ मंसिर– एकीकृत माओवादी नेतृत्वको २० दलीय गठबन्धनले काँग्रेस–एमालेको प्रस्तावलाई छाडेर सहमति भएका र नभएका विषय समेटेर संविधानसभामा प्रतिवेदन पठाउन राजनीतिक–संवाद तथा सहमति समितिलाई सुझाव दिएको छ । सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा आइतबार बसेको २० दल बैठकले नियमावलीअनुसार सहमति भएका र नभएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us