पोखरा, १४ मंसिर– एकीकृत माओवादी सचिव वर्षमान पुनले सत्तारुढ दल भित्रैबाट सरकार परिवर्तनको खेल सुरु भएको
आरोप लगाएका छन् ।
क्रान्तिकारी पत्रकार संघले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले एमाले सरकार परिवर्तनको खेलमा लागेको बताए ।
सार्क सम्मेलनअघि नै सरकार फेर्ने खेल सुरु भएको भन्दै उनले यो क्रमले थप निरन्तरता पाउने उल्लेख गरे ।
‘सत्तारुढ दलभित्रैबाट सरकार परिवर्तनको खेल सुरु भइसकेको छ’, पुनले भने, एमालेका नेताहरु सरकार परिवर्तनको खेलमा सक्रिय छन् ।’
एमालेका केही नेताले काँग्रेससँगको सहकार्य माघ ८ गतेसम्मका लागि मात्र भन्नु त्यसको प्रमाण भएको जिकिर गरे ।
अर्को एक फरक प्रसंगमा उनले दलीय सहमतिमा संविधान बने नेत्रविक्रम चन्दले गर्ने भनेको आन्दोलनको अर्थ नहुने बताए ।