जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

काठमाण्डु टुडे २०८३ असार १९ गते १२:४१ मा प्रकाशित

 काठमाण्डू, १९ असार– प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई पक्राउ गरेको छ ।

बर्दीयाको मधुवन नगरपालिका–१ कमलपुर बस्ने २२ वर्षीय भूपेन्द्र भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भूपेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us