मोदीले भेट नदिएपछि रन्थनिएका कमल थापा किन पुगे गढीमाई ?

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते ८:२३ मा प्रकाशित

kamal thapaबारा, १४ मंसिर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले बाराको गढीमाई मेला अवलोकन गर्नुको साथै पूजाअर्चना गरेका छन् ।

भारतीय प्रधानमन्त्री नदरेन्द्र मोदीले भेट्न अस्वीकार गरेपछि रन्थनिएका थापा गढीमाई पुगेका हुन् । १८ औं सार्क शिखर सम्मेलनका क्रममा काठमाण्डु आएका मोदीले सम्मेलन सकिएपछि दुईपटकसम्म समय दिएर थापालाई भेटेका थिएनन् ।

मोदी भेट्न अध्यक्ष थापा मंसिर १२ गते सबेरै केही नेताका साथ सोल्टी होटल पुगेका थिए । तर मोदीको सचिवालयले भेट्नै नदिई फर्काइदियो । सोही दिन सा“झ पुनः मोदीले थापालाई भेटका लागि समम दिएर आफू राष्ट्रपति रामवरण यादवको रात्रिभोजतिर लागे ।

हिन्दू राज्य स्थापनाको अभियानमा मोदीबाट साथ पाउने आशमा हौसिएका थापा उक्त घटनापछि केही निराश भएको एक नेताले बटाए ।
थापाले आइतबार गढीमाइको पूजा गरे पनि पशुबली भने दिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us