१० मिनेट पनि बसेन संवैधानिक समिति

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते ७:५९ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर–संवैधानिक– राजनीतिक संवाद तथा सहमति समितिको बहुप्रतिक्षित बैठक १० मिनेट पनि नबसी स्थगित भएको छ ।

IMG_9855

सिंहदरबारस्थित समिति कार्यालयमा आइतबार बसेको बैठक छलफलबिनै सकिएको हो । बैठकमा सभापति बाबुराम भट्टराईले सहमतिका लागि भइरहेका प्रयासबारे सभासदहरुलाई जानकारी गराएका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले सहमति वा प्रक्रिया दुवै विकल्पबाट अघि बढ्न सहमति चाहिने भएकाले नेताहरुको छलफलका लागि समय मागेको बताए ।

बैठक मंगलबार पुनः बस्ने उनले जनाए । गत कात्तिक १५ गते बसेको समितिको बैठक पटकपटककै निरन्तरतामा समितिको बैठक बस्दै आएको छ ।

काँग्रेस–एमालेले अघि सारेको सात प्रदेशको साझा प्रस्ताव छलफलका लागि संविधानसभामा लैजान विपक्षीले अस्वीकार गरेपछि समिति अवरुद्ध हुँदै आएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us