काठमाण्डु, १५ मंसिर– संविधानसभाको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले सहमतिमा नै संविधान लेखिनुपर्ने बताएका छन् । राष्ट्रिय महिला आयोगद्वारा सोमबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले सर्वमान्य संविधान निर्माण गरिनुपर्ने भएकाले सबैको सहमति आवश्यक रहेको बताए । प्रमुख राजनीतिक दलबीच सहमति...
काठमाण्डु, १५ मंसिर– नागरिक समाजले ९५ वर्षीय साहित्यकार एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई सरकारको उपस्थितिमा ‘शताब्दी पुरुष’ को उपाधि दिएको छ । त्रिमूर्ति निकेतनद्वारा आफ्नो दसौँ त्रिमूर्ति दिवसका अवसरमा यहाँ आयोजित ‘सत्यमोहन जोशी महोत्सव’मा उपप्रधानमन्त्री वामदेव गौतम र कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि...
दमौली, १५ मङ्सिर । पृथ्वी राजमार्गस्थित तनहुँको छाङ्ग–२ मा आइतबार राति ग२च २५२ नं.को जिप दुर्घटना हुँदा ४०० कुखुरा मरे । चितवनबाट ब्रोइलर कुखुरा लिएर पोखरा जाँदै गरेको उक्त जिप नालामा पल्टिँदा ती कुखुरा मरेका हुन् । तीब्र गतिमा गुडेको उक्त जिप बाटो काट्दै...
काठमाण्डु, १५ मंसिर– छिमेकी भारतको हिसार जिल्लाको हरियाणास्थित सतलोक आश्रमको सतसङ्गमा गएका भक्तजनमध्ये २२ नेपाली त्यहाँ भएको प्रहरी कारबाहीका क्रममा बेपत्ता भएकाको जीवन रक्षाका लागि उनीहरूका आफन्तहरूले आग्रह गरेका छन् । आफन्तहरूका तर्फबाट भक्तपुरका कोपिला ढकाललगायतबाट आज जारी अपिलमा यही नोभेम्बर १४ देखि १८...
काठमाण्डु, १५ मंसिर– काठमाण्डु जिल्ला बालमन्दिरका तीन बालिकालाई बलात्कार गर्ने दुई जनालाई १६ वर्ष कैद फैसला सुनाएको छ । न्यायाधीश पशुपति आचार्यको एकल इजलासले सोमबार अभियुक्तद्वय रवीन चालिसे र रवीन श्रेष्ठलाई १६ वर्ष कैदको फैसला सुनाएको हो । फैसलामा पीडित बालिकालाई पीडकका तर्फबाट जनही...
विद्रोहमा दुबैको अस्तित्व स्वीकार नगरेसम्म सहमति नै हुँदैन । शान्ति प्रक्रिया नै हुँदैन । राज्यमा हामी दुबै बराबर हो भनेपछि मात्र हुन्छ । त्यो स्वीकार गर्ने भनेको मान्छेलाई होइन । त्यसको सहभागिता र राज्यमा खेल्ने भूमिका भनेको हो । साझेदारी भनेको विद्रोही पक्षले पनि त्यतिकै...
मकवनपुर, १५ मंसिर– हेटौंडा– काठमाण्डु वैकल्पिक मार्गअन्तर्गत मकवानपुरको सिस्नेरी–४ थिम आँपपिपल डाँडामा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रौतहटबाट काठमाण्डु जाँदै गरेको ना १ ज २७६६ टाटासुमो सोमबार दिउँसो साँढे ३ बजेतिर सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले...
पोखरा, १५ मंसिर– पोखराको न्यूरोडस्थित मेगा बचत तथा ऋण सहकारीबाट यति विकास बैंकमा लैजाँदै गर्दा गोली हानेर करम लुट्ने मुख्य योजनाकार प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वमाओवादी लडाकु ३३ वर्षीय सुशीलकुमार दुलाल रहेको प्रहरीले जनाएको छ । सहकारीबाट बैंकमा रकम लैजाने क्रममा गत...
————————- हाम्रो गौरवशाली पार्टी नेकपा माओवादीको केन्द्रीय समितिको २०७१ साल मङ्सिर ११, १२ र १३ गते केन्द्रीय समितिका जेष्ठ सदस्य कमरेड असारे काका अध्यक्षतामा सम्पन्न बैठकले लिएका ऐतिहासिक निर्णयहरू सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ – १. मङ्सिर ७ गते कमरेड किरणको...
काठमाण्डु, १५ मंसिर– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले देशभरि जातीय आगो फैलाइरहेको आरोप लगाएका छन् । उनले पहाड, तराई–पूर्व–पश्चिम सबैतिर जातीय आगो फैलाउने र संविधान बन्न नदिने षड्यन्त्र एमाओवादीले नै गरेका बताउँदै देशलाई जातीय द्वन्द्वबाट बचाउनुपर्ने विचार व्यक्त...
काठमाण्डु, १५ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी आफ्नै व्यस्तताले सार्क शिखर सम्मेलनका बेला नेपालका धार्मिकस्थलहरु जान नभ्याएको बताएका छन् । उनले भने, ‘ती स्थलका भ्रमणबारे मैले उहाँ (भारतीय प्रधानमन्त्री मोदी)सँग टेलिफोन संवाद गरेको थिएँ । मसँग उहाँले ‘यसपटक बढी व्यस्तताका...
मेलम्ची, १५ मंसिर– सिन्धुपाल्चोकको तातोपानी–३ मा विषाक्त रक्सी खाँदा तीन महिलाको मृत्यु भएको छ भने अन्य २८ जना बिरामी परेका छन् । यही मंसिर ११ गते स्थानीय विष्णु श्रेष्ठको छोराको विवाहमा काम गर्न गएका स्थानीय तातोपानी–४ का सोममाया थामी, चरकुली थामी, धनमाया थामीले विवाहमा...