विवाहमा सगुनको रक्सी खाँदा तीन महिलाको मृत्यु, २८ बिरामी

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते ८:२८ मा प्रकाशित

मेलम्ची,  १५ मंसिर– सिन्धुपाल्चोकको तातोपानी–३ मा विषाक्त रक्सी खाँदा तीन महिलाको मृत्यु भएको छ भने अन्य २८ जना बिरामी परेका छन् ।

Raksiयही मंसिर ११ गते स्थानीय विष्णु श्रेष्ठको छोराको विवाहमा काम गर्न गएका स्थानीय तातोपानी–४ का सोममाया थामी, चरकुली थामी, धनमाया थामीले विवाहमा सगुनका रुपमा दिएको रक्सी घरमा ल्याएको र मंसिर १२ गते बेलुका उक्त रक्सी उनीहरुले खाएका थिए ।

रक्सी खाएलगत्तै बिरामी परेका उनीहरुको बाह्रबिसेस्थित अस्पतालमा उपचारका क्रममा आज बिहान ३ बजे सोममाया र चरकुलीको मृत्यु भएको अर्की धनमायाको बिहान ८ बजे मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।

प्राप्त जानकारी अनुसार मङ्सिर १२ गते बेलुकी उनीहरुले खाएर बाँकी रहेको रक्सी स्थानीय थामी गाउँमै १३ गते भएको विवाहमा आएका जन्तीलाई सगुनका रुपमा खुवाएको र खानेमध्ये २८ जनासमेत बिरामी परेको उनले जानकारी दिए ।

बिरामी सबैको बाह्रबिसेमै उपचार भइरहेको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us