प्रहरी कारबाहीमा २२ नेपाली बेपत्ता

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते १५:०७ मा प्रकाशित
काठमाण्डु, १५ मंसिर–  छिमेकी भारतको हिसार जिल्लाको हरियाणास्थित सतलोक आश्रमको सतसङ्गमा गएका भक्तजनमध्ये २२ नेपाली त्यहाँ भएको प्रहरी कारबाहीका क्रममा बेपत्ता भएकाको जीवन रक्षाका लागि उनीहरूका आफन्तहरूले आग्रह गरेका छन् ।
आफन्तहरूका तर्फबाट भक्तपुरका कोपिला ढकाललगायतबाट आज जारी अपिलमा यही नोभेम्बर १४ देखि १८ सम्म हुने सतसङ्गमा प्रहरीको अपरेसनमा परी बेपत्ता भएकाले खोजीका लागि आह्वान गरिएको हो ।

अपिलमा हराइरहेकाहरूको जीवन रक्षा र खोजीका लागि तत्काल पहल गरीदिन नेपाल सरकारलाई आग्रह गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us