सहमतिमै संविधान बनाउनुपर्छः भट्टराई

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– संविधानसभाको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले सहमतिमा नै संविधान baburamलेखिनुपर्ने बताएका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा सोमबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले सर्वमान्य संविधान निर्माण गरिनुपर्ने भएकाले सबैको सहमति आवश्यक रहेको बताए ।

प्रमुख राजनीतिक दलबीच सहमति हुनेबित्तिकै संविधान बनाउन सकिने भन्दै डा भट्टराईले भने, ‘सबै दलले व्यक्तिगत विचार र दलीय स्वार्थलाई त्यागी देश र जनताको बारेमा सोचेर भएपनि सहमतिमा आउनैपर्छ ।’

सभापति भट्टराईले महिलाको प्रतिनिधित्व राज्यका हरेक निकायमा हुनैपर्ने र राजनीतिक प्रतिनिधित्वको सुनिश्चितताका लागि समानुपातिक निर्वाचन प्रणाली र हरेक राजनीतिक पार्टीमा महिलाको एकतिहाई प्रतिनिधित्व नभए पार्टी दर्ता नै हुन नसक्ने व्यवस्था गर्दा उपयुक्त हुने बताए ।

नया“ संविधानमा नागरिकतासम्बन्धी प्रावधानमा आमा वा बाबु नेपाली नागरिक भए तिनका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता पाउनुपर्ने प्रावधान राख्नुपर्ने बताउँदै अहिले मस्यौदा समितिमा पुगिसकेको प्रतिवेदनमा आमा र बाबु दुबै नेपाली नागरिक भएको अवस्थामा मात्रै तिनका सन्तानले वंशजको नागरिकता पाउने भन्ने प्रावधान राखिनु ठूलो भूल भएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us