
पोखरा, १५ मंसिर– पोखराको न्यूरोडस्थित मेगा बचत तथा ऋण सहकारीबाट यति विकास बैंकमा लैजाँदै गर्दा गोली हानेर करम लुट्ने मुख्य योजनाकार प्रक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पूर्वमाओवादी लडाकु ३३ वर्षीय सुशीलकुमार दुलाल रहेको प्रहरीले जनाएको छ । सहकारीबाट बैंकमा रकम लैजाने क्रममा गत वैशाख १५ मा बैंक कर्मचारी भगवान बराललाई गोली हानी ३१ लाख ४२ हजार रुपैयाँ लुटिएको थियो ।
प्रहरीका अनुसार दुलाल गत मंसिर ३ गते रौतहटको चन्द्रनिगाहापुरस्थित एसबीआई बैंक लुटपाटमा समेत संलग्न थिए ।
घटनामा संलग्न माओवादी पूर्वलडाकुहरु रोल्पा घोडागाउँका विजय केसी, रुकुमका वसन्त गिरी, सिन्धुली पिपलमाणिका नारायण राई र सल्यानका उज्वल रोकाय क्षेत्री छन् ।
उनीहरुविरुद्ध डाँका, ज्यान मार्ने उद्योग, हातहतियार, खरखजाना र संगठित अपराधमा मुद्दा चलाउने तयारी भएको कास्की प्रहरी प्रमुख एसपी वसन्त लामाले जानकारी दिए ।