जिप दुर्घटनामा चार सय कुखुरा मरे

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते १५:२२ मा प्रकाशित

cockदमौली, १५ मङ्सिर । पृथ्वी राजमार्गस्थित तनहुँको छाङ्ग–२ मा आइतबार राति ग२च २५२ नं.को जिप दुर्घटना हुँदा ४०० कुखुरा मरे ।

चितवनबाट ब्रोइलर कुखुरा लिएर पोखरा जाँदै गरेको उक्त जिप नालामा पल्टिँदा ती कुखुरा मरेका हुन् ।

तीब्र गतिमा गुडेको उक्त जिप बाटो काट्दै गरेका एक पैदल यात्रुलाई जोगाउने क्रममा नालामा पल्टिई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us