
मकवनपुर, १५ मंसिर– हेटौंडा– काठमाण्डु वैकल्पिक मार्गअन्तर्गत मकवानपुरको सिस्नेरी–४ थिम आँपपिपल डाँडामा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
रौतहटबाट काठमाण्डु जाँदै गरेको ना १ ज २७६६ टाटासुमो सोमबार दिउँसो साँढे ३ बजेतिर सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा बारा डुमरवाना– ७ का सन्तबहादुर तामाङ, रौतहट चिमरी कनकपुर– ५ का सूर्य कुसवाह र सोही स्थानका भीम कुसवाह माझी छन् ।
दुर्घटनामा चालकसहित अरु ६ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि काठमाण्डु पठाइएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । तीव्र गतिका कारण दुर्घटना भएको थापाले बताए ।