दुई महिना कैद छल्न १० वर्ष भूमिगत ?

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते ९:२५ मा प्रकाशित

कञ्चनपुर, १४ मंसिर–  दुई महिना कैद सजायका लागि भागेका अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् ।

क्षेत्रीय अनुसन्धान टिम (आरआइटी) महाकालीले १० वर्षअघि दुई महिना १२ दिन कैद सजाय सुनाइएका कृष्णपुर–१ का ईश्वरी बुढालाई पक्राउ गरेको हो ।

कञ्चनपुर जिल्ला अदालतले ४० वर्षीय ईश्वरीलाई २०६१ साउनमा दुई महिना १२ दिन कैद र १३ हजार १९६ जरिवानाको फैसला सुनाएको थियो ।

त्यसैगरी काठ चोरीको मुद्दामा एक महिना कैद र एक हजार ५० जरिवाना सुनाइएका भीमदत्त नगरपालिका–१८ का ३० वर्षीय लक्ष्मण केसी पनि पक्राउ परेका छन् । उनलाई पुनरावेदन अदालत महेन्द्रनगरले २०६८ जेठमा सो सजाय सदर हुने फैसला गरेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us