काठमाण्डु, १४ मंसिर– उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले ९ प्रदेशको प्रस्ताव अघि सारेको छ ।
संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिको आइतबारको बैठकमा अध्यक्ष यादवल जातीयता झल्कने ९ प्रदेशको प्रस्ताव गरेका हुन् ।
आफूले लिम्बूवान, किरात, तामसालिङ, मगरात, नेवा: नारायणी, तमुवान, मधेस/तराई र कर्णाली/खशान प्रदेश प्रस्ताव गरेको यादवले बताए ।
फोरम नेपालले प्रदेश सभाको दुईतिहाई बहुमतले पारित गरेर प्रदेशको नाम तथा राजधानी परिवर्तन गर्न सक्ने प्रावधान उल्लेख गरिनुपर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावमा प्रदेशअन्तर्गत गाउँपालिका र नगरपालिका रहने प्रस्ताव समेत गरेको छ ।