अस्पताल पसेको भैंसी डिएसपीले गोली हानेर मारे

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते ९:४३ मा प्रकाशित

dspकाठमाण्डु, १४ मंसिर– काठमाण्डुको बुद्धनगरस्थित एक अस्पतालमा पसेको भैंसी प्रहरीले गोली हानेर मारेको छ ।

अस्पतालभित्र छिरेको भैंसी नियन्त्रणमा लिन नसकिएपछि प्रहरीले गोलीले मारेको हो ।

आइतबार बिहान करिब १० बजेको समयमा अस्पतालको ओपीडी पक्षमा भैंसी पसेपछि बिरामी र कुरुवाका साथै चिकित्सक, नर्स र कर्मचारीको भागदौड मच्चिएको थियो ।

अस्पताल प्रशासनले भैंसी आतंकबारे जानकारी गराएपछि टोलसहित पुगेका बानेश्वर प्रहरी वृत्तका डिएसपी रमेश तामाङले दुई राउण्ड गोली हालेर भैंसी मारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us