
विराटनगर, १४ मंसिर– बेश्यावृत्तिमा संलग्न रहेको आरोपमा प्रहरीले होटल सञ्चालिकासहित तीनजनालाई पक्राउ गरेको छ ।
विराटनगर–१५ स्थित होटल आशिषबाट आपत्तिजनक अवस्थामा पक्राउ गरिएका दुहबी–९ का ३६ वर्षीय भोगेन्द्र अग्रवालसहित होटल सञ्चालिका विराटनगर–१६ की रमा दाहाल (कार्की) र अर्की एक किशोरीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गराएको छ ।
उनीहरुलाई गत मंसिर १० गते राति आपत्तिजनक अवस्थामा सुनसरी इटहरीकी एक किशोरीसँगै पक्राउ परेका अग्रवालले पहिलेदेखि नै उक्त होटलमा युवती लिएर आउने गरेकाले सञ्चालिकासहितलाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा दर्ता गराएको मोरङ प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।
पक्राउ गरिएका किशोरीका आफन्तले भने झुक्याएर यौन शोषण गरेकाले अग्रवाललाई जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गर्न दबाब दिँदै आएका छन्। रासस