एमाओवादीले अड्को थापिरहेछ : देउवा

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते १२:०४ मा प्रकाशित

भद्रपुर, १४ मंसिर– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान निर्माणमा एकीकृत माओवादीले अड्को थापेको आरोप लगाएका छन् ।

sher_Bahadur_Deuba
भद्रपुर विमानस्थलको विशिष्ट कक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता देउवाले संविधान जारी गर्न राजनीतिक दलहरुसँग छलफल एवम् सहमतिको प्रयास भइरहेको पनि जानकारी दिए ।
भरर्खरै सम्पन्न सार्क सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिमा संविधान जारी गर्नुपर्छ भन्नु सबै राजनीतिक पार्टीलाई सहमतिमा आउन दिएको सुझाव हो भने । मुलुकको भविश्यप्रति गम्भीर हुन सबै राजनीतिक दललाई आग्रह गर्दै उनले तोकिएको समयमै संविधान आउनेमा विश्वस्त हुन सबैसँग आग्रह गरे ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us