समाचार

हुदहुदबाट मारिएका जापानी बल्ल भेटिए

२०७१ मंसिर १४ गते ७:१७

लमजुङ, १४ मंसिर– समुद्री आँधी हुद्हुद्को प्रभावले गत असोज २८ र २९ गते मनाङमा भएको हिमपातमा परी बेपत्ता भएका एक जापानी नगरिकको शव फेला बल्ल फेला परेको छ । डेढ महिनाअघिको सो हिमपातमा परी बेपत्ता भएका जापानी पर्यटक ३३ वर्र्षका कोजी इनोभिकोको शव फेला...

लमजुङमा १८१ मा एचआइभी देखियो

२०७१ मंसिर १४ गते ७:०७

लमजुङ, १४ मंसिर– लमजुङ जिल्लामा एचआइभी एड्सबाट संक्रमित हुनेहरुको सङ्ख्या १८१ पुगेको छ । जिल्ला एड्स समन्वय समितिलगायत विभिन्न संघ संस्थाहरुले एचआइभी एड्सको न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहे पनि लमजुङमा संक्रमितको सङ्ख्या बर्सेनि बढ्दो छ । समन्वय समितिका अनुसार एचआइभी सङ्क्रमितमध्ये २२ जना...

राजनीतिक समिति बैठक बस्यो र उठ्यो

२०७१ मंसिर १४ गते ६:५७

काठमाण्डु, १४ मंसिर– प्रमुख राजनीतिक दलहरुको राजनीतिक समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ । सभाभुख सुवास नेम्वाङको रोहवरमा बसेको बैठकमा कुनै ठोस सहमति हुन नसकेको हो । बैठकले सरकारलाई सत्य निरुपण तथा बेपत्ता छानविन आयोग गठन गर्न पहल गर्ने निर्णय गरेको छ । संवाद...

लोकसंगीत सम्बन्धी फिल्म महोत्सव आज सकिँदै

२०७१ मंसिर १४ गते ६:४५

काठमाण्डु, १४ मंसिर– लोक संगीत सम्बन्धी संसारभरिका फिल्महरु सर्वनाम थिएटरमा प्रदर्शन भइरहेका छन् । नेपाली लोकबाजा संग्रहालयको आयोजनामा भएको अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा विश्वभरिका २० देशका ४५ फिल्म देखाइएको हो । महोत्सवका लागि विभिन्न देशबाट १३५ फिल्महरु प्राप्त भएको र छनौटबाट ४५ फिल्म...

बाबुलाई चिर्पटले हानेर मार्न खोज्ने छोरा पक्राउ

२०७१ मंसिर १४ गते ५:५५

कञ्चनपुर, १४ मंसिर– आफ्नै बाबुलाई काठको चिर्पटले हिर्काएर मरणासन्न अवस्थामा पु¥याउने कञ्चनपुरको पिपलाडी–६ का दीपक चौधरी समातिएका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । अंश विवादमा चौधरीले आफ्ना बाबु ६८ वर्षीय कल्लु चौधरीलाई काठको चिर्पटले हिर्काएका थिए । टाउकोमा लागेको गम्भीर...

आफूहरुसँग आतंकित नहुन नयाँ माओवादीको आग्रह

२०७१ मंसिर १४ गते ५:२७

काठमाण्डु, १४ मंसिर– नेकपा–माओवादीबाट अगग्गिएर नयाँ पार्टी गठन गरेको नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले आफूहरुमाथि सुरक्षा निगरानी बढाएर राज्यले आतंकपूर्ण वातावरण सिर्जना गर्न खोजेको आरोप लगाएको छ । सरकारले आतंकपूर्ण मानसिकताबाट ग्रसित भएर आफ्ना नेता कार्यकर्ता तथा समर्थन जनतामाथि निगरानी बढाएकामा उसको आपत्ति छ ।...

आफ्नै गाडीले च्यापेर चालकको मृत्यु

२०७१ मंसिर १४ गते ४:४४

प्युठान, १४ मंसिर– आफ्नै गाडीले च्याप्दा एक चालकको मृत्यु भएको छ । बाँदीकोट–५ स्थित काँसीपोखरा भन्ने ठाउँमा आफैंले चलाउने गाडीले च्याप्दा चालक राजु चन्दको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । गाडीले च्याप्दा घाइते भएका गुल्मी अल्गुङ घर भएका अन्दाजी २६...

उपमहानगरपालिकाका कर्मचारी दुई वर्षदेखि बेपत्ता

२०७१ मंसिर १४ गते ४:३१

पथरी, १४ मंसिर– विराटनगर उपमहानगरपालिकाका एक कर्मचारी दुई वर्षदेखि बेपत्ता भएका छन् । उपमहानगरपालिकाका नासु बालचन्द्र आचार्य बेपत्ता हुनुमा नगरपालिकाकै कर्मचारीको हात रहेको आचार्यकी श्रीमती चन्द्रकलाले आरोप लगाएकी छन् । नगरपालिकाका कार्यालय सहायक नर्वदा बस्नेतको विवादित जग्गा मुद्दामा नासु आचार्यले कानुनी सल्लाह दिएको भन्दै...

मध्य र सुदूरका पत्रकार नेपालगन्जमा

२०७१ मंसिर १४ गते ४:२८

नेपालगन्ज, १४ मंसिर– मध्य तथा सुदूर पश्चिमका क्रियाशील पत्रकारका लागि दुईदिने सूचनाको हक तथा अधिकारसम्बन्धी प्रशिक्षण यहाँ सुरु भएको छ । अस्ट्रेलियाली राजदूतावासको प्रत्यक्ष सहयोग तथा सोडेक नेपालको आयोजनामा सुरु भएको प्रशिक्षणमा मध्य तथा सुदूरपश्चिमाञ्चलका विभिन्न जिल्लामा कार्यरत २५ पत्रकारको सहभागिता छ । लामो...

मातृका यादवले दिए विप्लवलाई शुभकामना

२०७१ मंसिर १४ गते ३:४५

काठमाण्डु, १४ मंसिर– नेकपा (माओवादी) का संयोजक मातृका यादवले मोहन वैद्य नेतृत्वको माओवादीबाट अलग्गिएर नयाँ पार्टी गठन गरेका नेक्रविक्रम चन्द ‘विप्लव’ लाई शुभकामना दिएका छन् । उनले आफूहरुले गर्न नसकेको काम चन्दले गर्न खोजेको भन्दै शुभकामना दिए । ‘हामीले गर्न नसेकेको काम उहाँले गर्न...

प्रचण्ड र बाबुरामले बोलाए बैठक

२०७१ मंसिर १४ गते २:२६

काठमाण्डु, १४ मंसिर– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक आज बस्दैछ । दलहरुबीच भावी संविधानका अन्तरवस्तुमा सहमति वा प्रक्रियामध्ये कुन बाटोबाट अघि बढ्ने भन्नेमा विवाद भएपछि समितिले संविधानसभामा प्रतिवेदन पठाउन सकेको छैन । सभापति बाबुराम भट्टराईले आफ्नो हात नियमावलीले बाँधेको भन्दै काँग्रेस–एमालेले अघि सारेको...

प्रचण्ड र ओलीबीच भेटवार्ता

२०७१ मंसिर १३ गते १५:२०

काठमाण्डु, १३ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता  भएको छ । संविधान लेखनको जारी गतिरोध हटाउने सम्बन्धमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए । आइतबार संवैधानिक–राजनीतिक संवाद तथा सहमति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us