बाबुलाई चिर्पटले हानेर मार्न खोज्ने छोरा पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते ५:५५ मा प्रकाशित

कञ्चनपुर, १४ मंसिर– आफ्नै बाबुलाई काठको चिर्पटले हिर्काएर मरणासन्न अवस्थामा पु¥याउने कञ्चनपुरको पिपलाडी–६ का दीपक चौधरी समातिएका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

अंश विवादमा चौधरीले आफ्ना बाबु ६८ वर्षीय कल्लु चौधरीलाई काठको चिर्पटले हिर्काएका थिए । टाउकोमा लागेको गम्भीर चोटका कारण कल्लुको स्वास्थ्य स्थिति चिन्ताजनक बनेको छ ।

कल्लुलाई उपचारका लागि कैलालीको सेती अञ्चल अस्पतालमा लगिएको छ । दीपकलाई पक्राउ गरी हिरासतमा राखेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालबहादुर ऐरले बताए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us