मध्य र सुदूरका पत्रकार नेपालगन्जमा

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते ४:२८ मा प्रकाशित

नेपालगन्ज, १४ मंसिर– मध्य तथा सुदूर पश्चिमका क्रियाशील पत्रकारका लागि दुईदिने सूचनाको हक तथा अधिकारसम्बन्धी प्रशिक्षण यहाँ सुरु भएको छ ।

अस्ट्रेलियाली राजदूतावासको प्रत्यक्ष सहयोग तथा सोडेक नेपालको आयोजनामा सुरु भएको प्रशिक्षणमा मध्य तथा सुदूरपश्चिमाञ्चलका विभिन्न जिल्लामा कार्यरत २५ पत्रकारको सहभागिता छ ।

लामो समयदेखि राष्ट्रिय तथा स्थानीयस्तरमा पत्रकारिता गर्दै आएका पत्रकारका लागि सूचनाको हक तथा यसको कार्यक्षेत्रको विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सञ्चार विकास समूह नेपालका अध्यक्ष डा पियूष मिश्रले बताए ।

सूचनाको हकलाई कसरी सुरक्षित गर्ने र यसलाई यस क्षेत्रको दुर्गम क्षेत्रमा कसरी प्रयोग गर्ने भन्ने विषय केन्द्रित रहने गरी प्रशिक्षण दिइने प्रशिक्षक तुला अधिकारीले जानकारी दिए ।

कार्यक्रममा लक्षुमणदत्त पन्त, ओमप्रकाश अधिकारी र तुला अधिकारी  प्रशिक्षकका रुपमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us