राजनीतिक समिति बैठक बस्यो र उठ्यो

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते ६:५७ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– प्रमुख राजनीतिक दलहरुको राजनीतिक समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
सभाभुख सुवास नेम्वाङको रोहवरमा बसेको बैठकमा कुनै ठोस सहमति हुन नसकेको हो ।

IMG_9734
बैठकले सरकारलाई सत्य निरुपण तथा बेपत्ता छानविन आयोग गठन गर्न पहल गर्ने निर्णय गरेको छ ।
संवाद समितिको बैठक अघि राजनीतिक समितिको बैठक बसेर सहमतिमा पुग्ने अपेक्षा गरिएको भए पनि दलहरु कुनै टुंगोमा नपुगेका हुन् ।
बैठकमा कांग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, एमाले नेताहरु केपी ओली, झलनाथ खनाल र माधव नेपाल तथा एमाओवादीका बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।
बैठकपछि एकीकृत माओवादी लगायतका संविधान सभामा सहभागी २० दलको बैठक एमाओवादी संसदीय दलको कार्यालयमा बसिरहेको छ ।
संवाद समितिको बैठक भने आजै दिउँसो १ बजे बस्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us